ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सी–आस्बा प्रणाली अनिवार्य : आईपीओ बढीमा १५ दिनभित्र बाँडफाँट

Jan 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । धितोपत्रको सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सी–आस्बा प्रणाली अनिवार्य गरिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले मङ्गलवारदेखि नै यो प्रणालीलाई पूर्णरूपमा लागू गरेको छ । यो प्रणाली लागू भएसँगै लगानीकर्ताले आफ्नो खाता भएको बैङ्कमार्फत घरमै बसेर शेयरको सार्वजनिक निष्कासनमा आवेदन गर्न सक्छन् । बैङ्क तथा वित्तीय संस्थामा प्राप्त आवेदनसम्बन्धी विवरण निष्कासन तथा विक्री प्रबन्धकलाई सफ्टवेयरमार्फत सोझै प्राप्त हुने हुँदा बाँडफाँटको अवधि कम हुने सीडीएससीको विश्वास छ । सीडीएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पहिलेदेखि नै यो प्रणाली लागू गरिसकेका संस्थालाई पूर्णरूपमा र अन्य सबैलाई १ साताभित्र आस्बा लागू गर्न निर्देशन दिइएको जानकारी दिए । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले आईपीओमा आस्बा अनिवार्य भएकाले यसका लागि स्वीकृति पाएका सबै कम्पनीले यो प्रणाली लागू गर्नुपर्ने हुँदा अब आईपीओ बाँडफाँट ढिलोमा १५ दिनभित्र गर्न सकिने सम्भावना औंल्याए । यो प्रणालीबाट आपूmहरूलाई काम गर्न थप सहज हुने एनएमबी क्यापिटलका प्रमुख व्यवसायी तथा सञ्चालन अधिकृत कमलप्रसाद नेपालको भनाइ छ । उनले यस प्रणालीबाट धितोपत्र बाँडफाँट समयमै हुने र लगानीकर्ताले छोटो समयमा प्रतिफल पाउने बताए । यस प्रणालीको प्रयोगले धितोपत्र निष्कासनमा आवेदकको हितग्राही खाता अद्यावधिक हुने हुँदा आवेदकको विवरण नमिलेर बाँडफाँटबाट वञ्चित हुनु पर्दैन । सी–आस्बामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो शेयर सेवामार्फत घरमै बसेर इण्टरनेटका माध्यमबाट खरीद आवेदन दिने व्यवस्था छ । हाल २५ बैङ्क तथा वित्तीय संस्थाबाट यो सेवा प्रदान भइरहेको सीडीएससीले जानकारी दिएको छ । यीबाहेक आस्बा सेवामा सहभागी अन्य सबै अनुमतिप्राप्त बैङ्क तथा वित्तीय संंस्था र सूचीकृत निष्कासन तथा विक्री प्रबन्धकलाई प्रणाली सञ्चालनका लागि सम्पर्कराख्न समेत भनिएको छ । साथै, सबै लगानीकर्तालाई आफ्नो खाता रहेको बैङ्कमार्फत सी–आस्बामा दर्ता भई रजिष्ट्रेशन नम्बर लिनसमेत अनुरोध गरेको छ । सीडीएससीले सी–आस्बा प्रणाली लागू गर्नुअघि धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ तयार गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पेश गरेको थियो । धितोपत्र बोर्डले स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएपछि सीडीएसीले मङ्गलवारदेखि नै अनिवार्य रूपमा लागू गरेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)