ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अख्तियारले लियो आयल निगमका सात पदाधिकारीको बयान

Jan 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

माघ १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थ भण्डारणको लागि खरीद गरिएको जग्गा विवादमा नेपाल आयल निगमसँग सम्बन्धित सात पदाधिकारीसँग बयान लिएको छ ।

अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेकाअनुसार बुधवार अख्तियारले बयान लिएकाहरुमा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, आपूर्ति मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राई, सहसचिव सूर्यप्रसाद श्रेष्ठ, नापतौल तथा गुणस्तर विभागका प्रमुख विश्वबाबु पुडासैनी रहेका छन् ।

यसैगरी निगमको सञ्चालक समितिका पूर्व सदस्यहरु गोकुल धिताल, कोमलबहादुर खत्री र चिरञ्जीवी खनालसँग पनि अख्तियारले बयान लिएको छ । अख्तियारका प्रवक्ता पाण्डेले कमसल जग्गा खरीद प्रकरणमा उनीहरुसँग बयान लिने कार्य सकिएको आर्थिक अभियानलाई जानकारी दिए ।

कमसल जग्गालाई बढी मूल्य तिरेर खरीद भएको भनी विवाद आएपछि अख्तियारको टोलीले सम्बन्धित ठाउँमा गई आवश्यक प्रमाणहरु सङ्कलन गरेको थियो । निगमका पूर्वकार्यकारी निर्देशक खड्काको कार्यकालमा पेट्रोलियम पदार्थ भण्डारणको लागि भनी विभिन्न चार ठाउँमा जग्गा खरीद गरिएको थियो ।

यस विषयमा संसदीय समितिले पनि अध्ययन गरेको थियो । सो समितिले त्यसरी जग्गा खरीद गर्दा प्रचलित मूल्यभन्दा चार गुणा बढीसम्म रकम खर्च गरिएको उल्लेख गरेको थियो । समितिले खरीद प्रकरणका डेढ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको हुनसक्ने भनी प्रतिवेदन तयार पारेको थियो ।

अख्तियारका प्रवक्ता पाण्डेले जग्गा खरीद प्रकरणमा छानविन गर्ने कार्य अन्तिम चरणमा पुगेको र अब प

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)