ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कति आम्दानीले मानिसलाई खुशी बनाउँछ?

Nov 6, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

धनसम्पत्तिले मानिसलाई दिने खुशीबारे अहिलेसम्म थुप्रै अध्ययन गरिएका छन् । यसअघिका विभिन्न अनुसन्धानमा आम्दानी जति बढी हुन्छ, मानिसहरु त्यति नै खुशी हुन्छन् भनेर देखाइए पनि हालै गरिएको एक मनोवैज्ञानिक अध्ययनमा फरक नतीजा पाइएको छ । मानिसको ज्ञान, क्षमता, गुण आदिको अध्ययन गर्ने मनोविज्ञानको एक शाखा ‘साइक्रोमेट्रिक’बारे परीक्षण गर्ने एक अष्ट्रेलियाली कम्पनी अनटेष्टले गरेको उक्त अनुसन्धानमा प्रतिवर्ष १ लाखदेखि १ लाख २५ हजार डलरबीच आम्दानी गर्ने मानिसहरु सबैभन्दा बढी खुशी हुन्छन् । त्यति आम्दानी गर्नेहरुमध्ये झण्डै ८६ प्रतिशतले आफूहरु जीवनमा सन्तुष्ट भएको उत्तर दिएका थिए । तर, मानिसहरुको आम्दानी प्रतिवर्ष डेढ लाख डलरभन्दा माथि पुगेमा भने उनीहरुको खुशी र सन्तुष्टि पनि घट्दै जाने आश्चर्यजनक नतीजा अनुसन्धानमा पाइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार वार्षिक आम्दानी डेढ लाख डलर हुनेहरुको तुलनामा ७५ हजार र ९९ हजार ९ सय ९९ डलरका बीच हुनेहरु बढी सुखी हुने गर्छन् ।

अनटेष्टका मनोविज्ञान विभाग प्रमुख चेरी कर्टिसले यी तथ्याङ्कहरुबाट धनसम्पत्ति र आम्दानीले मानिसहरुलाई दिने खुशी एक निश्चित बिन्दुसम्म मात्र हुने देखिएको बताइन् । ‘वित्तीय स्रोतहरु नियमित हुँदा तपार्इं आफ्नो परिवार र आफ्ना आवश्यकताहरु पूरा गर्न सक्नु हुन्छ, आफ्ना साथीसङ्गीहरुकै स्तरमा राम्रो आम्दानी गर्दा त्यसले एक प्रकारको उत्प्रेरणा दिने गर्दछ,’ उनले भनिन् । तर, तलबमान अथवा आम्दानी बढ्दा जिम्मेवारी पनि थपिने भएकाले तनावहरु पनि वृद्धि हुँदा धेरै कमाउनेहरुको खुशी घट्ने उनले बताइन् । कम्पनीले यो अध्ययन विभिन्न उद्योहरुमा काम गर्ने ३ हजार अष्ट्रेलियालीमाझ गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)