ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ निर्जीवन बीमा कम्पनी : पूँजी पुर्‍याउनेलाई २ सातामा इजाजत

Jan 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बीमा समितिले चुक्तापूँजी पुर्‍याएका जनरल, सानिमा र अजोड नयाँ निर्जीवन बीमा कम्पनीलाई २ सातामा बीमक दर्ता इजाजतपत्र दिने तयारी गर्दै छ । ती बीमा कम्पनीलाई ६ महीनाभित्र भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनलगायत व्यवस्था गर्न समितिले इजाजत दिने तयारी गरेको हो । व्यवसाय सञ्चालनका लागि आशयपत्र पाएका ती कम्पनीलाई बीमा समितिले असोज ७ मा ३ महीनाभित्र चुक्तापूँजी पुर्‍याउन पत्राचार गरेको थियो । कम्पनीहरूले तोकिएको समयमै चुक्तापूँजी पुर्‍याएकाले उनीहरूलाई कार्यालय व्यवस्थापनका विभिन्न शर्त तोकी बीमक दर्ता इजाजत प्रमाणपत्र दिन लागिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ती कम्पनीले निर्जीवन बीमा कम्पनीका लागि तोकिएको १ अर्ब रुपैयाँबराबरको चुक्तापूँजीमा ३० प्रतिशत साधारण शेयर छुट्ट्याएर संस्थापकका तर्फबाट ७० प्रतिशतले हुन आउने ७० करोड पूँजी तोकिएको समयभित्रै पुर्‍याएका थिए । चुक्तापूँजी पुर्‍याएपछि कम्पनीहरू पुसको पहिलो सातामा इजाजतपत्र माग गर्न बीमा समिति पुगेका थिए । कम्पनीहरूले संस्थापकहरूको ७० करोड रुपैयाँबाट भविष्यमा आइपर्ने जोखीम बेहोर्न बीमा समितिको नाममा वाणिज्य बैङ्कमा मुद्दती खाता खोली ५५ करोड रुपैयाँ रोक्का (इयरमार्क) गर्नुपर्ने व्यवस्था छ । बाँकी १५ करोड रुपैयाँ भने कम्पनीले कार्यालय सञ्चालनका लागि चालू खातामा राख्न सक्ने व्यवस्था रहेको छ । बीमक दर्ता इजाजतपत्रका लागि दिइने ६ महीनाको अवधिभित्र तोकिएअनुसारको शर्त पूरा गरेपछि मात्र कम्पनीले अन्तिम कारोबार सञ्चालनको अनुमति पाउनेछन् । यो अवधिभित्र कम्पनीहरूले भौतिक पूर्वाधारको तयारी, निर्देशिका र विनियमावलीको निर्माण, जनशक्तिको व्यवस्थापन, पुनर्बीमा सम्झौता र बीमासँग सम्बन्धित सफ्टवेयर तयार गर्नेलगायत शर्त पूरा गर्नुपर्ने बीमा समिति नियमन विभाग प्रमुख शाम्बराज लामिछानेले जानकारी दिए । उनका अनुसार तोकिएको समयभित्र ती व्यवस्था गरिएको छ छैन भनी निरीक्षण गरिएपछि व्यवसाय गर्न उपयुक्त ठहरिएमा समितिले व्यवसाय सञ्चालन गर्न अन्तिम अनुमतिपत्र दिनेछ । उल्लिखित तीनसहित मनकामना निर्जीवन बीमा कम्पनीले बीमा व्यवसाय सञ्चालनका लागि १० वर्ष अघिदेखि समितिसँग इजाजत माग गर्दै आएका थिए । आर्थिक वर्ष २०६४/६५ मा उक्त निर्जीवन बीमा कम्पनीहरू रजिष्ट्रार कार्यालयमा दर्ता भएका थिए । चार बीमा कम्पनीमध्ये समितिले अद्यावधिक भएर आउन दिएको निर्देशनलाई मनकामना इन्स्योरेन्सले भने आन्तरिक कारणले गर्दा पूरा नगरेको बुझिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)