ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दान दिएको जग्गामा राष्ट्रिय निकुञ्ज

Jan 31, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चिली सरकारले राष्ट्रिय निकुञ्ज सञ्जाल बनाउन स्वीट्जरल्याण्डको आकारबराबरको जग्गा छुट्याएको छ । सरकारले सोमवार एक अमेरिकी दम्पत्तिले दानमा दिएको जग्गासमेत गरी करीब १ करोड एकड क्षेत्रफल राष्ट्रिय निकुञ्जका लागि छुट्याएको हो । यो जग्गामा ५ राष्ट्रिय निकुञ्ज बनाउने सरकारी योजना छ । यसमा थप ३ ओटा राष्ट्रिय निकुञ्ज पनि विस्तार गरिने बताइएको छ । क्रिष्टिने म्याकडिभिन टम्पकिन्स र उनका स्वर्गीय पति डो टम्पकिन्सले गतवर्ष चिली सरकारलाई १० लाख एकड जग्गा दान दिएका थिए । यो कुनै पनि व्यक्तिले निजी सम्पत्तिबाट सरकारलाई दिएको अहिलेसम्मकै ठूलो जग्गादान भएको बताइएको छ । टम्पकिन्स लोकप्रिय क्लोदिङ ब्राण्ड नर्थ फेस र इस्पिरिटका संस्थापक हुन् । क्रिष्टिने टम्पकिन्स पनि क्लोदिङ ब्राण्ड पाटागोनियाकी पूर्व सीईओ हुन् । टम्पकिन्स दम्पती सन् १९९४ मा चिली बसाइ सरेका थिए । त्यसयता वातावरण संरक्षणका लागि भनेर उनीहरूले ठूलो परिमाणमा जग्गा किनेका थिए । चिलीका स्थानीय बासिन्दा र दक्षिणपन्थी राजनीतिज्ञहरूले भने उनीहरूमाथि जग्गा ओगटेर राखेको आरोप लगाएका थिए । सन् २०१५ मा श्रीमान्को मृत्युपछि क्रिष्टिने टम्पकिन्सले चिली सरकारसँग गत मार्चमा एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । टम्पकिन्स दम्पतीले दान दिएको जग्गामा २ ओटा राष्ट्रिय निकुञ्ज बनाइएको छ । निकुञ्ज बनाउने काम सम्पन्नसमेत भएको बताइएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)