ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चैतदेखि २० वर्ष पुराना गाडी सञ्चालनमा निषेध

Feb 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । सरकारले चैतदेखि मुलुकभर सञ्चालनमा रहेका २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले २०७३ फागुनमा काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारीसाधन हटाउने घोषणा गरेको थियो । विभागले काठमाडौं उपत्यकामा भएको उक्त व्यवस्थालाई मुलुकभर नै कार्यान्वयन गर्ने गृहकार्य गरेअनुसार अबको १/२ दिनमै सार्वजनिक सूचना निकाल्ने तयारी गरेको विभागका सूचना अधिकारी वीरेन्द्रबहादुर स्वाँरले बताए । पुराना सवारीसाधनबाट दुर्घटना बढ्नुका साथै वातावरण पनि प्रदूषण हुने भएकाले त्यसलाई कम गर्ने उद्देश्यले सरकारले त्यस्तो तयारी गरेको हो । पुराना सार्वजनिक सवारीसाधनका कारण सेवासुविधा छिटोछरितो नहुँदा पनि यात्रुले निकै सास्ती भोग्दै आएका छन् । दुर्घटना र प्रदूषणको जोखीम कम गर्न तथा यात्रुलाई सुविधा उपलब्ध गराउन पनि यो व्यवस्था मुलुकभर नै कार्यान्वयनमा ल्याउन लागिएको हो । यसको कार्यान्वयनका लागि विभागले सम्बन्धित यातायात कार्यालयबाट रूट नवीकरण र जाँचपासको हुने सवारी परीक्षण गर्ने क्रममै त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउनेछ । विभागका अनुसार मुलुकभर २० वर्ष पुराना गाडीको सङ्ख्या ५ हजारभन्दा बढी छ । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि विभागले अनुगमनसमेत गरिने बताएको छ । विभागले यो व्यवस्था लागू भएपछि पनि पुराना सवारीसाधन सञ्चालन गरेको पाइएमा गाडी जफत गरी प्रहरीलाई बुझाउने उनले बताए । विभागमा चालू आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिकमा १ लाख ४१ हजार ७ सय २९ गाडी दर्ता भएका छन् । तथ्याङ्कअनुसार त्यसमध्ये सबैभन्दा बढी नारायणी अञ्चलमा ३५ हजार ६ सय ३७ र सबैभन्दा कम धवलागिरि अञ्चलमा २ सय ७७ गाडी दर्ता भएका छन् । वागमती अञ्चलमा १० हजार ७ सय ४७ साना–ठूला गाडी दर्ता भएका छन् भने यही अञ्चलमा दुईपाङ्ग्रे सवारी मोटरसाइकल २९ हजार ८ सय ३१ दर्ता भएका छन् । १ हजारले लिए इम्बोष्ड नम्बर गत कात्तिकदेखि कार्यान्वयनमा आएको इम्बोष्ड नम्बर प्लेट १ हजार गाडीमा जडान गरिसकिएको यातायात व्यवस्था विभागले बताएको छ । त्यस्तो नम्बर प्लेट जडानका लागि २५ सयभन्दा बढीले आवेदन दिएका छन् । सरकारले प्रदेश नम्बर ३ बाट मुलुकमा पहिलोपटक इम्बाष्ड नम्बर प्लेट जडान कार्य अघि बढाएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)