ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैङ्कहरूको नाफा १०% वृद्धि

Feb 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा २८ वाणिज्य बैङ्कको नाफा १० दशमलव ४० प्रतिशत बढेको छ । बैङ्कहरूले सार्वजनिक गरेको अपरिष्कृत त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा उक्त वृद्धि देखिएको हो । गत आवको दोस्रो त्रैमासमा रू. २० अर्ब ८३ करोड ८३ लाख ८३ हजार नाफा आर्जन गरेका वाणिज्य बैङ्कहरू चालू आवको सोही अवधिमा रू. २३ अर्ब ६ करोड ९ लाख ९१ हजार नाफा आर्जन गर्न सफल भएका छन् । यो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको नाफा वृद्धि दर सबैभन्दा बढी रहेको छ । उक्त बैङ्कले गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा करीब ३ सय ५७ प्रतिशत बढी नाफा कमाएको छ । बैङ्कको यस त्रैमासको अवस्था हेर्दा खराब कर्जा सङ्कलनमा उल्लेख्य सुधार आएको देखिन्छ । यसबाट खुद ब्याज आम्दानी बढ्न गई नाफा वृद्धिमा सहयोग पुगेको हो । खराब कर्जा सङ्कलनबाट निष्क्रिय कर्जा घट्न गई प्रोभिजनमा कम रकम राख्नु परेकाले पनि नाफा बढेको हो । एनसीसीले गत आवको तुलनामा यो त्रैमासमा खराब कर्जा ७ सय ३१ प्रतिशत बढी सङ्कलन गरेको छ । गतवर्ष प्रोभिजनमा रू. ६५ करोडभन्दा बढी रकम छुट्याएको एनसीसी बैङ्कले यस त्रैमासमा रू. १४ करोड ८२ लाख मात्र छुट्याएको छ । दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २१ वणिज्य बैङ्कको नाफा बढेको छ भने ७ बैङ्कको नाफा घटेको छ । नाफा घटेका ७ बैङ्कमध्ये प्रभु बैङ्कको नाफा करीब ४३ प्रतिशतले घटेको छ । प्रभुले गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ११ करोड २३ लाख २८ हजार नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा रू. ६३ करोड ४९ लाख ५३ हजार मात्र नाफा कमाउन सकेको हो । प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ब्याज खर्च बढेकाले नाफामा कमी आएको जानकारी दिए । उनले कानूनी झन्झटका कारण गत आवको तुलनामा चालू आवको यस अवधिमा खराब कर्जा सङ्कलनमा कमी आएकाले पनि नाफा घटेको बताए । प्रभुले गतवर्षको तुलनामा १ सय ६२ दशमलव ६८ प्रतिशत बढी रू. २ अर्ब ६० करोड ६६ लाख १९ हजार ब्याजमा खर्चिएको छ । कर्जा सङ्कलन भने ५४ दशमलव ६६ प्रतिशत कम अर्थात् रू. ५१ करोड २४ लाख ९१ हजार मात्र गर्न सकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)