ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामसँगै व्यायाम

Nov 21, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आफ्नो स्वाथ्यप्रति चिन्तित रहने कर्मचारीहरूका लागि खुशीको खबर ! अब तपार्इंले काम गर्ने टेबुललाई नै व्यायामशालाका रूपमा प्रयोग गर्न पाउने हुनुभएको छ । अमेरिकी कम्पनीहरूका लागि निर्माण गरिएका ट्रेडमिल डेक्सले अहिले त्यहाँ निकै चर्चा पाइरहेको छ । हाल परीक्षणका रूपमा बनाइएका यी ट्रेडमिलबाट कर्मचारीले कार्यालयमा काम गर्दागर्दै शारीरिक स्फूर्ति पनि पाइरहेको बताएका छन् । तर, यसमा बजारमा पाइने अन्य परम्परागत ट्रेडमिलहरूमा जस्तो हातले समात्ने ‘ह्याण्डरेल’ भने राखिएको छैन । यस्ता डेस्कमा कुसीको सट्टा ट्रेडमिल जडान गरिएको छ, जसमा बिस्तारै पाइला चाल्दै कर्मचारीले कामहरू गर्न सक्छन् ।

वाशिङ्टन डीसीमा मुख्यालय रहेको सार्वजनिक रेडियो प्रसारक एनपीआरमा कार्यरत एक कर्मचारी पाट्टी नेइगमण्डले शुरूमा त यसबाट खासै राम्रो परिणाम आउने आशा गरेकी थिइनन् । ‘यसमा काम गर्न थालेको दोस्रो हप्तासम्म मेरो हिँडाइको गति प्रतिघण्टा १ दशमलव ४ माइल मात्र थियो । शुरूमा काम गर्दै हिँड्नुपर्ने भएकाले ध्यान केन्द्रित गर्न समय लाग्यो तर केही पछि भने शरीरले हिँडाइ र कामसँगको तादाम्य मिलाएको अनुभव मसँग छ’, आफ्नो ब्लग साइटमा नेइगमण्डले लेखेकी छन् । यसले आफूलाई कामसँगै व्यायाम गर्ने मौका पनि दिएकाले शरीरको स्फूर्ति बढेको उनको भनाइ छ ।

त्यसैगरी मिनेसोटा शहरमा कार्यालय रहेको वित्तीय परामर्शदाता कम्पनी शालोले पनि यो ट्रेडमिलको प्रयोग गरेको छ । केही कर्मचारीलाई ६ महीनाको अवधिमा गराइएको यो परीक्षणबाट निकै उत्साहजनक परिणाम हासिल भएको कम्पनीका निर्देशक क्रेइग डेक्सहाइमरले बताए । ‘हामीहरूलाई अब व्यायामशाला गइरहनुपर्ने झण्झटबाट मुक्ति मिलेको छ । यसमा काम गर्न थालेदेखि मेरो तौल २५ पाउण्डले घटेको सुखद अनुभव म बाँड्न चाहन्छु,’ उनले सुनाए । ट्रेडमिल डेक्सको प्रयोगलाई नजिकैबाट नियालिरहेका मायो क्लिनकका डा. जेम्स लेभिनका अनुसार धेरै समयसम्म हिँड्नुभन्दा दिनमा १ अथवा डेढ घण्टासम्म हिँड्दै काम गर्नुले बढी फाइदा दिने गर्दछ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)