ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रेमालाप गर्न ‘बोनस’ दिने कम्पनी

Nov 22, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कम्पनीहरूले आफ्ना कर्मचारीलाई प्रोत्साहन गर्न बोनस दिने चलन सामान्य कुरा हो । तर, एक चिनियाँ सूचनाप्रविधि कम्पनीले भने कर्मचारीहरूलाई प्रेम गर्न बोनस दिने अनौठो चलन शुरू गरेको छ । यसमा अझ अचम्मको कुरा त के छ भने उक्त बोनस कम्पनीमा कार्यरत कर्मचारीबीच प्रेमालाप बढाउन दिइएको हो । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले बताएअनुसार सिचुआन प्रान्तको राजधानी चेङ्ग्दु शहरस्थित ‘चेङ्ग्दु क्लाउड कम्प्युटिङ कम्पनी’ले कर्मचारीलाई प्रेमालाप बोनस स्वरूप १ हजार १ सय १२ युआन (१ सय ८० अमेरिकी डलर) दिने निर्णय गरेको छ । कम्पनीका अधिकारीले पत्रिकालाई दिएको जानकारीअनुसार चीनमा एक्लो जीवन व्यतीत गरिरहेकाहरूद्वारा मनाइने वार्षिक दिवस नजिकिँदै गर्दा त्यहाँ कार्यरत केही एक्ला कर्मचारीले निकै गुनासो गरेपछि यस्तो निर्णय गरिएको हो ।

उनीहरूले आफूहरू एक्लो जीवनबाट निराश भएको र प्रेमीप्रेमिका भएमा खुशी हुने बताएका थिए । त्यहाँ कार्यरत धेरै कर्मचारीले यस्तै गुनासो गर्न थालेपछि एकल जीवन बिताइरहेका पुरुष र महिला कर्मचारीबीच सामीप्य बढाउँदै उनीहरूलाई नयाँ ढङ्गले ऊर्जाशील बनाउन बोनस दिइने अधिकारीहरूले पत्रिकालाई जानकारी दिए । यसबाट कार्यालयको काममा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको कथन थियो । ‘एकल पुरुष र महिला कर्मचारीबीच प्रेम भएमा त्यसबाट काम गर्ने राम्रा टीम गठन हुनेछन् र झनै सौहार्दपूर्ण वातावरण तयार हुनेछ,’ अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)