मृत्युको डरले मानिसहरुलाई बन्द बोतलभित्र रहेको पानी खरिद गर्न प्रोत्साहित गर्ने वैज्ञानिकहरुले बताएका छन् । यस्तो पानी उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुन सक्ने र यो वातावरणका लागि राम्रो नहुने थाहा हुँदाहुँदै पनि उनीहरु बोतलको पानी खरीद गर्छन् । बोतलभित्र बन्द पानी सम्बन्धी अधिकांश विज्ञापनहरुले मानिसहरुको कमजोर मनोविज्ञानलाई गहिराईमा गएर प्रभावित गर्ने र उनीहरुलाई सो उत्पादन खरीद गर्न वा उपभोग गर्न बाध्य बनाउने क्यानाडाको युनिभर्सिटि अफ वाटरपोलोका स्टेफेनी कोटले गरेको अनुसन्धानले देखाएको छ ।
‘बोतलको पानीसम्बन्धी विज्ञापनले हाम्रो सबैभन्दा ठूलो डर अर्थात मृत्यमाथि दुई महत्वपूर्ण तरिकाले खेल्ने गरेको छ,’ कोटले भनिन् । हाम्रो नैतिक डरले हामीलाई जोखिम पन्छाउन प्रेरित गर्छ र अधिकांश मानिस बोतलको पानी केही हदसम्म सुरक्षित, सफा र नियन्त्रित हुने विश्वास गर्ने उनको भनाइ छ । यस अध्ययनमा सामाजिक मनोविज्ञानको टेरर म्यानेजमेण्ट थ्योरी (टीएमटी) सिद्धान्तको प्रयोग गरिएको छ ।
मनिसले मृत्युबारेको सचेत र अचेतन डरलाई दबाउन खोज्दा त्यस्तो प्रतिरक्षाको उत्पादन हुन्छ जसले उपभोग छनौट, सम्पत्तिको सञ्चय र आफ्नो स्टेटसको सुुरक्षाजस्ता व्यवहारलाई प्रभावित गर्ने टीएमटी अनुसन्धानकर्ताहरुको तर्क छ । अनुसन्धानकर्ताले स्पष्ट र अन्तर्निहित मतलब निकाल्ले बोतलको पानी बारेको कार्यक्रम, विज्ञापन, वेवसाइट, फोटो, भिडियोबाट तयार गरिएको तथ्याङ्कको अनुसन्धान गरेर यस्तो निश्कर्ष निकालेका थिए । एजेन्सी