ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थल स्तरोन्नति आयोजना : तीन कम्पनी काम गर्दै

Feb 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम विभिन्न तीनओटा कम्पनीले शुरू गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै नयाँ टेण्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरी स्तरोन्नतिको काम शुरू गराएको हो । यसअघि विमानस्थल निर्माणको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी साञ्जोसेले समयमा काम नसक्दा सरकारले गत डिसेम्बर २०१६ मा साञ्जोसेको ठेक्का तोडेको थियो । ठेक्का रद्द भएपछि विमानस्थल सुधारकार्य १ वर्षदेखि ठप्प थियो । यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न स्पेनिस कम्पनी साञ्जोसे छनोटमा परे पनि उसको काम सन्तोषजनक नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उसको टेण्डर रद्द गरेको थियो । टेण्डर रद्द भएपछि साञ्जोसेले स्पेनको अदालतमा हालेको मुद्दामा अदालतले नेपालकै पक्षमा फैसला गरेपछि कम्पनीले धरौटीबापत २ अर्ब रुपैयाँ तिरेको थियो । स्पेनिस निर्माण कम्पनी साञ्जोसेसम्बन्धी यो मुद्दा अहिले सिङ्गापुरको अदालतमा विचाराधीन छ । यसअघिको कम्पनी साञ्जोसेको काम सन्तोषजनक नभएको र एउटै कम्पनीलाई कामको जिम्मा दिँदा काम प्रभावित भएपछि अहिले नागरिक उड्डयन प्राधिकरणले यसपालि तीन भागमा बाँडेर ठेक्का लगाएको प्राधिकरणले जानकारी दिएको छ । अहिले प्राधिकरणले सबै कामलाई तीन भागमा बाँडेर ठेक्का लगाएको छ । एनसीबी ०१ कोडअन्तर्गत विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का चाइना साञ्जी कन्ष्ट्रक्शन एण्ड इञ्जिनीयरिङले लिएको छ । यसको कुल लागत रू. ५६ करोड १८ लाख रहेको छ । अघिल्लो कम्पनी साञ्जोसेले धावनमार्ग विस्तारको १८ प्रतिशत काममात्र सकेको थियो । यस्तै, एनसीबी ०२ कोडअन्तर्गत विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवन विस्तारको जिम्मा नेपाली कम्पनी ‘शर्मा प्रेरा आशिष’ले पाएको छ । यसको लागत रू. ८७ करोड ८ लाख छ । यसै गरी एनसीबी ०३ अर्थात् जेनेरेटर इन्ष्टलेशनका साथै बत्तीहरू जडानको ठेक्का नेपाली ज्वाइण्ट भेञ्चर कम्पनी ‘आशिष एण्ड प्रेराले’ पाएको छ । यसको लागत २१ करोड ७२ लाख रुपैयाँ छ । तीनओटा कामअन्तर्गत पहिलो काम एनसीबी ०१ को १८ महीना, एनसीबी ०२ को २१ महीना र एनसीबी ०३ को अवधि १५ महीना रहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उक्त आयोजनामा एशियाली विकास बैङ्कको ७० लाख अमेरिकी डलर ऋण र १० लाख अनुदानमा विस्तार गर्न लागिएको हो । यी काम सम्पन्न हुँदा विमानस्थलको धावनमार्ग विस्तारले यसको सुरक्षा विस्तार, यात्रु सुविधा तथा टर्मिनल भवनले अन्तरराष्ट्रिय मापदण्डमा सहयोग तथा अन्य भौतिक पूर्वाधारले समग्र विमानस्थलको सुधार तथा स्तरीकरण हुने श्रेष्ठले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)