ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेशी सामग्रीको उपयोगमा सरलता आवश्यक

Feb 9, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
पूर्वाधार निर्माणका काम वृद्धि हुँदै जाँदा यसमा आवश्यक पर्ने निर्माण सामग्रीको उपलब्धता सुनिश्चित हुनु जरुरी छ । नेपालमा पर्याप्त मात्रामा निर्माण सामग्रीका स्रोत भए पनि उचित रूपमा उपयोग हुन सकेका छैनन् । सरकारी निकायबीच समन्वय नहुँदा र निर्माणका सामग्रीको उत्खनन तथा उत्पादन गर्ने व्यवसायी पनि गैरजिम्मेवार हुँदा स्वदेशी सामग्रीको उपयोग सरल छैन । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजा भन्छन्, ‘हाम्रा ऐन, नियमले स्वदेशी सामग्री अर्थात् स्रोतको प्रयोगमा स्पष्ट मापदण्ड बनाउन सकेका छैनन्, जसले गर्दा स्थानीय तहमै पाइने स्रोतहरूको उपयोगबाट निर्माण जगत् वञ्चित छ ।’ निर्माण क्षेत्रमा प्रयोग हुने बालुवा, गिट्टी, ढुङ्गाको उपयोगमा समस्या देखिएको निर्माण व्यवसायी बताउँछन् । वातावरण संरक्षण ऐन २०५३, वातावरण संरक्षण नियमावली २०५४ र खानी ऐन तथा नियमावलीलाई समयसापेक्ष बनाउन आवश्यक देखिएको छ । साथै यससँग सम्बन्धित ऐन तथा नियमावलीलाई पनि समयसापेक्ष बनाई स्थानीय तहमा भएका स्रोतको प्रयोग स्पष्ट बनाउन र त्यसको अनुगमन पनि गर्न आवश्यक छ । सरकारले मापदण्ड मिचेर क्रशर उद्योग सञ्चालन गरेको, बालुवा, गिट्टी उत्खनन गरेको भन्दै कडाइ गरेको छ । तर, यसको चोरीनिकासी भने रोकिएको छैन । यसले गर्दा स्वदेशी निर्माण सामग्रीको उपयोगमा निर्माण व्यवसायी वञ्चित भएका छन् भने अर्काेतर्फ अवैध रूपमा चोरी निकासी बढेको छ ।

टेण्डर गर्दा नै स्रोत सुनिश्चित हुनुपर्छ सार्वजनिक निकायले टेण्डर गर्दा नै सोही क्षेत्रमा रहेका निर्माण सामग्रीको प्रयोग गर्न पाउने व्यवस्था पनि सोही टेण्डरमा गर्न आवश्यक रहेको व्यवसायीको भनाइ छ । निर्माण व्यवसायका लागि अपरिहार्य रहेका प्राकृतिक स्रोतको सदुपयोग गर्न प्राकृतिक स्रोत उत्खननमा रोक होइन, अनुगमन गरी परिचालन गर्न पाउनुपर्ने उनीहरूको माग छ । यसले गर्दा स्रोतको सदुपयोग हुने र चोरीनिकासीमा पनि न्यूनीकरण हुने उनीहरूको विश्वास छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयका उपसचिव पुरुषोत्तम नेपालले जिल्ला समन्वय समितिको स्वीकृतिमा यस प्रकारका स्रोतको उपयोग गर्न पाउने व्यवस्था रहेको बताए । सरकारले बनाएको मापदण्ड मान्नुपर्ने र वातावरणमैत्री हुने गरी प्राकृतिक स्रोतसाधनको उपयोगमा रोक नलगाएको उनको भनाइ छ । क्रशर, खानी उद्योग सञ्चालनका लागि मन्त्रालयले वस्ती÷विद्यालयबाट ५ सय मिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । खोलामा यन्त्रको प्रयोगलाई रोकेको निर्माण व्यवसायी बताउँछन् ।

नेपाल निर्माण सामग्रीमा पूर्ण आत्मनिर्भर छैन । तर, केही निर्माण सामग्रीमा आशा लाग्दो अवस्था देखिएको छ । यी दुई निर्माण सामग्री नेपालमा क्रमशः ७० र ४० प्रतिशत स्वदेशमै उत्पादन हुन्छन् । तर, यसका लागि आवश्यक कच्चापदार्थ भने भारतलगायत देशबाट आयात गर्नुपर्ने बाध्यता छ । ठूला पूर्वाधार आयोजना निर्माणाधीन अवस्थामा छन् । साथै, सुरुङमार्ग, रेलमार्ग, दु्रतमार्गलगायत नयाँ आयोजना पनि पाइपलाइनमा छन् । यसले गर्दा पनि पूर्वाधार निर्माणमा विश्व बजारमा प्रयोगमा आएका प्रविधिको प्रयोग अनिवार्य देखिएको छ । त्यस प्रकारका यन्त्र उपकरणहरू भने पूर्णरूपमा आयात गरिन्छन् । एक्स्याभेटर, डोजर, ब्याक लोडर, क्रेनलगायत प्रविधि भने आयात गरिन्छन् । यी यन्त्र तत्काल नेपालमै उत्पादन गर्न भने सम्भव छैन । बिटुमिन परीक्षण भन्सार बिन्दुमै सडक निर्माणका लागि अतिआवश्यक हुने बिटुमिन कच्चापदार्थको आयात हुँदै आएको छ । तर, यसको परीक्षण भने नेपालमा ल्याएर सडकमा प्रयोग भएपछि मात्रै परीक्षण गरिन्छ । भारतबाट आयात हुने बिटुमिनको प्रयोगपूर्व नै भन्सार बिन्दुमा यसको गुणस्तर परीक्षण गर्न व्यवसायीले माग गरेका छन् । भन्सार बिन्दुमै यसको गुणस्तर परीक्षण गरेमा नेपालमा बन्ने सडक गुणस्तरीय हुने उनीहरूको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)