ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली फायर फाइटरलाई अन्तरराष्ट्रिय ‘हिरोजम अवार्ड’

Dec 31, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । विमानस्थलमा हुने हवाई दुर्घटना तथा आगलागी नियन्त्रणमा प्रभावकारी काम गरेको भन्दै नेपालले अन्तरराष्ट्रिय ‘हिरोजम अवार्ड’ प्राप्त गरेको छ । नेपालमा टर्किस विमान, यूएस बंगाला विमान दुर्घटना हुँदा नेपाली टिमले गरेको कामको प्रशंसा गर्दै एयरपोर्ट रेस्क्यू तथा फायर फाइटिङ ग्रूप अमेरिकाले नेपाललाई यो प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा टर्किस एयरलाइन्स, यूएस बंगाला जस्ता उच्च जोखिम तथा प्रभाव पर्ने दुर्घटनामा नेपाली उद्धार तथा अग्निनियन्त्रकहरूले गरेको प्रभावकारी कामको मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार तथा अग्नि निवारण महाशाखाका निर्देशक कृष्णबहादुर थापाले जानकारी दिए । यो महाशाखा अन्तर्गत अहिले देशभर १५२ जना अग्नि नियन्त्रक छन् । उद्धार तथा अग्नि नियन्त्रणका लागि त्रिभुवन विमानस्थलको जनशक्ति सक्षम रहेको प्राधिकरणको दाबी छ । त्रिभुवन विमानस्थलमा भएको भौतिक उपकरण र जनशक्तिका हिसाबले नेपाल विश्वव्यापी मापदण्डको नवौं स्तरमा रहेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उनका अनुसार नेपालका अन्य विमानस्थल पाँचौं तहको स्तरमा छन् । ‘उड्डयन उद्धार तथा अग्नि नियन्त्रणमा अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाआ)ेको एनेक्स १४ को च्याप्टर ९ बमोजिमको उद्धार तथा अग्नि नियन्त्रण सेवा प्रदान गर्दै छौं,’ महानिर्देशक गौतमले भने, ‘जसमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा तालीम प्राप्त जनशक्ति परिचालन हुन्छन् ।’ विश्वव्यापी रूपमा उड्डयन उद्धार तथा अग्नि नियन्त्रणको १०औं स्तरसम्मको मापदण्ड हुने गरेको र त्रिभुवन विमानस्थल नवौं स्तरमा रहेको र यसले १०औं स्तरसम्मको सेवा प्रदान गर्न सक्षम रहेको छ । विमानस्थलमा हुने घटनामा उद्धार तथा अग्नि नियन्त्रण टोली अन्तरराष्ट्रिय मान्यताअनुरूप परिचालन हुने गरेको र सोही अनुसार अन्तराष्ट्रिय स्तरबाट प्रमाणपत्र पाउनु नेपाली उड्डयन क्षेत्रका लागि राम्रो सन्देश भएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए । नेपालमा भएको जनशक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा तालीम प्राप्त भएको उनले बताए । विमानस्थलको उड्डयन उद्धार तथा अग्नि नियन्त्रणका लागि विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरी तालीमहरू आदान प्रदान भइरहेको रेस्क्यू एण्ड फायर फाइटिङ एशोसिएशनका अध्यक्ष गणेश भुसालले जानकारी दिए । नेपाली टोलीले डेनमार्क पुगेर यस विषयमा तालीम लिएर फर्किएको थियो भने पछि डेनिस टोली नेपाल आएर काठमाडौं र पोखरामा तालीम प्रदान गरेको थियो । यस प्रकारका तालीमले पनि नेपाली अग्निनियन्त्रकको क्षमता अभिवृद्धिमा सहयोग पुगेको भुसालको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)