ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैरहवा सेज : ११ उद्योगलाई सञ्चालन अनुमति

Feb 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । भैरहवाको डण्डास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न ११ ओटा कम्पनीले अनुमति लिएका छन् । यसअघि सेजमा उद्योग स्थापनाका लागि सम्झौता गरेका १९ उद्योगमध्ये ११ उद्योगले मात्रै अनुमति लिएका हुन् । सेजले १० माघमा सूचना प्रकाशित गर्दै सेजमा उद्योग स्थापनाका लागि समझदारी गर्ने कम्पनीलाई १५ दिनभित्र अनुमतिपत्र लिन र उद्योग स्थापनाको काम शुरू गर्न आह्वान गरेको थियो । सो समयावधिमा ११ ओटा कम्पनीले मात्रै अनुमतिका लागि निवेदन दिएको विशेष आर्थिक क्षेत्र प्राधिकरण नेपालका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । यद्यपि सेजले पहिले सम्झौता गरेका उद्योगहरूकै लागि अनुमति लिनको लागि १५ दिनको समय थप गरी सूचना प्रकाशित गरेको भट्टले बताए । पहिले नै सम्झौता गरेका उद्योगले थपिएको समयभित्र अनुमति नलिए अन्य उद्योगलाई जग्गा दिइने उनले जानकारी दिए । भट्टले भने, ‘हामीले पहिले सम्झौता गरेका उद्योगले अनुमति लिएर उद्योग सञ्चालन गरून् भन्ने हाम्रो चाहना हो । तर, अहिले सेजमा जग्गाको माग गर्दै अन्य उद्योगले पनि निवेदन दिएकाले कसैले छाडेमा त्यो जग्गा उनीहरूलाई दिइने छ । यदि कुनै उद्योगले पहिले आफूले लिएको जग्गा छाड्न चाहेमा मौका पनि हो ।’ विद्युतको समस्या समाधान अहिलेसम्म सेजमा भौतिक पूर्वाधारका काम सबै सम्पन्न भइसके पनि विद्युत् नहुँदा उद्योग सञ्चालन गर्न नपाएको उद्योगीहरूको गुनासो समाधान हुने भएको छ । सेजमा दीर्घकालीन रूपमा विद्युत् आपूर्तिको लागि सेजभित्र सबस्टेशन निर्माण गरी डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति गर्नुपर्ने भए पनि ३३ केभीए प्रसारणलाइन जोडनुपर्ने भए पनि हाललाई ११ केभीएबाटै काम गर्न सकिने भट्टले जानकारी दिए । सेजमा सबस्टेशन निर्माणका लागि बजेट र कार्यक्रम तय गरी टेण्डरको प्रक्रियामा रहेको उनले बताए । उनले भने, ‘टेण्डर डकुमेण्ट तयारी अवस्थामा छ, केही दिनमै टेण्डर गर्दै छौं । अहिले हामीले तयार पारेको डकुमेण्टको प्राविधिक पक्ष स्पेसिफिकेन ठीक छ कि छैन भनेर प्राविधिक विश्लेषण गर्न प्राधिकरणमा पठाएका छौं । उताबाट प्राविधिक सुझाव आएपछि ठीक छ भनेर आउनासाथ टेण्डर भइहाल्छ ।’ सबस्टेशन सेज आफैले बनाउने भए पनि प्राविधिक विषय भएकाले प्राधिकरणसँग समन्वय गरेर उनीहरूको मापदण्डअनुसार बनाउन डकुमेण्ट प्राधिकरणमा पठाएको उनले बताए । डेडिकेटेड फिडर कुरेर बस्दा धेरै समय लाग्ने हुँदा उद्योगमन्त्रीकै सहभागितामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग छलफल गरी भारतबाट आउने विद्युत्बाट सेजलाई जति चाहिन्छ, त्यति विद्युत् उपलब्ध गराउने गरी निर्णय भएको छ, कार्यकारी निर्देशक भट्टले जानकारी दिए । सेजमा सेन्थेटिक, हर्बल, फलफूल प्रशोधन, गार्मेण्ट, पीभीसी म्याट, जुत्ता, चाउचाउलगायत वस्तु उत्पादन उद्योगले अनुमति लिएका छन् । सेज ऐनअनुसार सेजमा स्थापना भएका उद्योगले आफ्नो उत्पादनको कम्तीमा ७५ प्रतिशत अंश निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तै सेजमा बन्द हडतालसमेत प्रतिबन्ध छ । सरकारले पाइटल परियोजनाका रूपमा लिएको भैरहवास्थित सेजको २०७१ सालमै उद्घाटन गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)