ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोराका बोरा बोनस !

Feb 12, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

कम्पनीहरुले आफूले कमाएको नाफाको केही अंश कर्मचारीलाई पनि बाँड्छन् । यो ठूलो कुरै होइन । तर कम्पनीले बाँडेको बोनस बोरामै उठाएर लैजानु पर्ने कुरा सुन्दा चाहीँ हामी मध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ ।

चीनको एउटा कम्पनीमा काम गर्ने कर्मचारीलाई यस्तै भएको छ । सन् २०१७ मा चीनको स्टिल कम्पनी फङ्ग्डा स्टिल कम्पनी लिमिटेडले आफ्ना कर्मचारीलाई २ अर्ब १२ करोड २० लाख युआन बराबरको नगद बोनस बाँडेको छ । सन् २०१२ देखि सन् २०१६ सम्मको पाँच वर्षमा कम्पनीले कर्मचारीहरुलाई २ अर्ब ९० करोड युआन बराबर बोनस बाँडेको थियो । पछिल्लो केही समययता यो कम्पनी आफ्ना कर्मचारीलाई ठूलो धनराशी बोनसमा बाँड्ने कुराले परिचित छ ।

नगदमा बाँडिएको सो बोनस कर्मचारीको गोजीमा नअटाएका कारण कर्मचारीले आफ्नो भागमा परेको बोनस रकम बोरामा घर लगेका थिए । पाँच हजार कर्मचारी रहेको सो कम्पनीले बाँडेको बोनस रकमका नोटको वजन झण्डै २ टन रहेको बताइएको छ । कार्यालयमा सबै रकम ल्याएर नोट नै बाँडिएको थियो । हरेक कर्मचारीले औसत ५० हजार युआन बोनस पाएका थिए । बोनस दिन ल्याइएको रकम एकै ठाउँमा राख्दा त्यो नोटको कुनै पर्खाल जस्तै देखियो ।

गत वर्ष कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ५६ दशमलव २७ प्रतिशतले बढेर १३ अर्ब ९४ करोड युआनमा पुगेको थियो । स्टिल बजारले गति लिएको र आपूर्तीतर्फ सुधार आएका कारण कम्पनीको नाफा बढेको विश्लेषण गरिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)