ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पैसाले किन्न सकिएला त खुशी ?

Feb 16, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
पैसा हामी सबैको आवश्यकता पूरा गर्ने साधन हो । जिन्दगीभर हामी ससाना आवश्यकतादेखि ठूला सपना पूरा गर्न आवश्यक पैसा कमाउनपट्टि लाग्छौं । कतिपय व्यक्ति करोडौं, अर्बौंको सम्पत्ति हुँदा पनि अझै पुगेन भनेर पैसा कमाउन लाग्छन् । कोही भने केही हजारमा पनि चित्त बुझाएर खुशीसाथ बाँच्छन् । कसैले पढाइ, इष्टमित्र, आफन्त र प्रतिष्ठा आदिलाई नै सबै कुरा ठान्छन् । अनि, कोही भने जिन्दगीको खुशी नै पैसा हो, पैसाले मात्रै खुशी दिन्छ भन्छन् । के पैसाले साँच्चै खुशी किन्न सकिएला त ? हालै अमेरिकामा भएको एक अध्ययनले यस्तै प्रश्नको उत्तर दिएको छ । अमेरिकाको इण्डियाना राज्यस्थित प्रुडु युनिभर्सिटीका अनुसन्धाताहरूले कुनै पनि मानिस खुशी हुन अधिकतम कति पैसा चाहिएला भन्ने अध्ययन गरेका थिए, जसमा मानिसहरूलाई खुशीका लागि चाहिने पैसा स्थानअनुसार फरकफरक पाइएको छ । एकपटक अधिकतम स्तरमा पुगेपछि आयआर्जनबाट हुने जीवनसन्तुष्टिको स्तर घट्ने र खुशी पनि कम हुने अध्ययनले देखाएको छ । टेलिभिजनमा आउने विज्ञापन हेर्दा खुशी किन्न जति पैसा भए पनि पुग्दैन जस्तो लाग्छ । ‘तर, अहिले हामीले पैसामा पनि केही ‘थ्रेसहोल्ड’ देखेका छौं,’ पु्रडु युनिभर्सिटीका एण्ड्र्यू टी जेबले भने । खुशी र सन्तुष्टिका लागि कति पैसा चाहिन्छ भन्ने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, अध्ययनले भने यो विवाद सुल्झाउन केही उत्तर दिएको छ । एउटा व्यक्तिको जीवनको सन्तुष्टिलाई सबैभन्दा उत्तम आय स्तर ९५ हजार डलर भएको अध्ययनका क्रममा जेबले बताए । त्यस्तै, उसको भावनात्मक खुशीका लागि भने अधिकतम ६० हजार डलरदेखि ७५ हजार डलर भए पुग्ने देखिएको छ । घरपरिवारको हकमा भने यो रकम अलि उच्च हुने बताइएको छ । अध्ययनमा जीवन सन्तुष्टिमा कुनै मानिसले कस्तो काम गरिरहेको छ र अरूका तुलनामा ठूला लक्ष्य÷उद्देश्यले उसको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुराको मूल्याङ्कन गरिएको थियो । उता, भावनात्मक अनुभूतिमा भने खुशी, रोमाञ्चकता, दुःख र रिसलगायत दिनहुँ उत्पन्न हुने भावनाको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा स्थानअनुसार पैसाको स्तर र खुशीबीचको सम्बन्धमा विविधता पाइयो । आम्दानी अधिकतम स्तरमा पुगेपछि सबै आवश्यकता पूरा हुन्छन् । तर, कमाइ अधिकतमभन्दा माथि उक्लिएपछि व्यक्तिले आफूलाई अन्य व्यक्तिसँग तुलना गर्ने, भौतिक वस्तु किन्नतर्फ लाग्ने र यसले सन्तुष्टिको भावना घटाउने अध्ययनले देखाएको छ । यस अनुसन्धानमा ग्यालप वल्र्ड पोलमा सूचीकृत १ सय ६४ देशका १७ लाख मानिसको तथ्याङ्क केलाइएको थियो ।

(प्रस्तुति : रमा सुवेदी)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)