ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा जम्दै नयाँ जीवनबीमा कम्पनी

Feb 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । बीमाबजारमा यस वर्ष ९ जीवनबीमा कम्पनी थप भएका छन् । यसअघि ९ जीवनबीमा कम्पनी सञ्चालनमा रहेका थिए । चालू आर्थिक वर्षको ६ महीना पूरा भएको अवस्थामा नयाँ जीवनबीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणलाई हेर्दा कम्पनीहरूको आगमन सफल देखिएको छ । प्रतिस्पर्धी बीमाबजारमा पुराना कम्पनीहरूसँगको प्रतिस्पर्धामा आफूहरूलाई स्थापित गर्दै नयाँ जीवनबीमा कम्पनीहरू अघि बढेको देखिन्छ । चालू आवको ६ महीना बिते पनि यी कम्पनीको कारोबार अवधि भने कम नै रहेको छ । यीमध्ये आईएमई लाइफले सबैभन्दा पहिला भदौ १ गतेदेखि व्यावसायिक कारोबार थालेको हो । उक्त कम्पनीले पुस मसान्तसम्म ११ हजार ६ सय ९० बीमालेख जारी गरी रू. ११ करोड ५२ लाख ७९ हजार बीमाशुल्क आर्जन गरेको छ भने रू. ६ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । भदौ महीनामै रिलायबल लाइफ र ज्योति लाइफले पनि कारोबार शुरू गरेका थिए । ज्योतिले पुस मसान्तसम्ममा ८ सय ६२ बीमालेख जारी गरी रू. ३ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ भने रिलायबलले २० हजार ६ सय ८ बीमालेख जारी गरी रू. ९ करोड २७ लाख ४० हजार बीमाशुल्क आर्जन गरेको छ । कात्तिक २ गतेदेखि कारोबार शुरू गरेको सिटिजन लाइफले पनि पुस मसान्तसम्म १५ हजार ७५ ओटा बीमालेख जारी गरी रू. ७ करोडभन्दा बढी बीमाशुल्क आर्जन गर्दा रू. ५ करोडभन्दा बढी नाफा कमाएको छ । सिटिजनका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले कर्मचारीहरूको छनोट र उनीहरूलाई दिइएको आवश्यक तालीमको प्रभाव व्यवसायमा देखा परेको बताए । व्यवसायलाई नाफामुखी बनाउन कर्मचारीको क्षमता अभिवृद्वि महत्त्वपूर्ण पाटो रहेको उनको भनाइ छ । मङ्सिर महीनाको अन्तिम समयमा कारोबार शुरू गरेका सानीमा लाइफ र प्रभु लाइफले पनि १ महीनाभन्दा बढीको कारोबारमा उत्साहजनक उपस्थिति देखाएका छन् । सानिमाले पुस मसान्तसम्म २५ ओटा बीमालेख जारी गर्दा रू. १६ लाख ३२ हजार बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको नाफा रू. ३ करोड ६० लाख ५९ हजार भएको छ । त्यस्तै प्रभु लाइफले १ सय ३९ बीमालेख जारी गरी रू. १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गर्दा रू. ३ करोडभन्दा बढी नाफा कमाएको छ । प्रभु लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले व्यावसायिक योजनाअनुरूपको सामूहिक कार्यबाट छोटो अवधिमै राम्रो उपलब्धि प्राप्त गर्न सफल भएको बताए । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी प्रगति युनियन लाइफ इन्स्योरेन्सले गरेको छ । असोज ६ गतेदेखि कारोबार शुरू गरेको युनियनले पुस मसान्तसम्म २२ हजार १ सय ८० बीमालेख जारी गरी रू. २५ करोड ४३ लाख २६ हजारभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ५ करोड ४८ लाखभन्दा बढी नाफा गरेको छ । युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले पनि सामूहिक प्रयास र कर्मचारीको क्षमता विकासका माध्यमबाट सेवा उपलब्ध गराएकाले नै व्यावसायिक सफलताको बाटोमा अघि बढ्न सफल भएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)