ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकैको घोगामा दाना लागेन, क्षतिपूर्तिको माग

Feb 19, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

फागुन ७, रौतहट । रौतहटको उत्तरी भेगमा अधिकांश किसानले खेति गरेको मकैको घोगामा दाना नलागेपछि किसान मर्कामा परेका छन् । किसानले उन्नतजातको मकै रोपेको भएपनि अहिले घोगामा दाना नलागेपछि उनीहरु चिन्तित भएका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारमा व्यावसायिक रुपमा मकै खेति हुने गरेको छ । धेरै मेहेनत गरेर मकै खेति गरेपनि भाच्ने बेला हुदाँ घोगामा दाना नलागेपछि मर्कामा परेको मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने गैंडटारका किसान गोपाल बहादुर फुयालले बताए । २ बिगाहमा मकै खेति गरेका उनले भाँचेर विक्री गर्ने बेलासम्ममा पनि घोगामा दाना नलागेको बताए ।

सरकारले नै सिफारिस गरेको बन्नी जातको हाइब्रिड मकैको बिउमा दाना नलागेपछि किसानहरु चिन्तित बनेका हुन् । रोपेको ९० दिनमा नै मकैमा घोगा लाग्ने भन्दै किसान उक्त जातका बिउ तर्फ आकर्षित भएका थिए । धेरै उत्पादन हुने भन्दै किसानले नेपाल सरकारबाट मान्यता प्राप्त सो जातको हाइब्रिड मकै लगाएका हुन् ।

भारतको हैदराबादमा उत्पादन भएको बन्नी एनएमएच ७१३ जातको बिउ रोपेको तर उत्पादन नहुँदा मर्कामा परेको अर्का किसान प्रेम बहादुर बस्नेतले बताए । महँगो मूल्यमा बिउ खरीद गरेर रोपेको मकै भाँचेर बेच्ने बेलासम्म दाना नलाग्दा किसान निराश हुनुपरेको उनले बताए । उनका अनुसार एक बिगाहमा मकै खेति गर्दा ४५ हजार खर्च हुने गरेको छ ।

बस्नेतको ६ कठ्ठा, मानकुमारी फुयाँलको १५ कठ्ठा, सविना खुलालको ११ कठ्ठा, रोहिनी घोरासइनीको १५ कठ्ठालगायत अधिकांश किसानले लगाएको मकै खेतिमा यस्तो समस्या देखिएको छ ।

क्षतिपूर्तिको माग खेति गरिएको ५ विगाहमध्ये ३ विगाहमा यस्तो समस्या देखिएपछि किसानले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । किसान अगुवा तथा गैंडाटार मकै पिडित संर्घष समितिका अध्यक्ष होमनाथ दाहालले सरकारले उन्नत जात भनेर सिफारिस गरेको बन्नी र डाईगन जातको मकैमा दाना नै नलागेपछि क्षतिपूर्तिको माग गरेको बताए ।

मागको सुनुवाई नभए आन्दोलन गर्ने उनले जानकारी दिए । राज्यले छानविन गरेर क्षतिपुर्ति दिनुपर्ने र बिउ विक्री गर्ने एग्रोभेटलाई कारबाही गर्नपर्ने किसानहरुले माग राखेका छन् ।

उता जिल्ला कृषि विकास कार्यालय रौतहटले मौसमको खराबीका कारण मकैको घोगामा दाना नलागेको बताएको छ । कार्यालयका निमित्त प्रमुख सरोज कुमार यादवका अनुसार मकै रोप्ने समयमा १२ डिग्रीभन्दा माथि तापक्रम हुनुपर्ने भएतापनि यस वर्ष अत्यधिक चिसोका कारण समस्या देखिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)