ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राम्रो रोजगार पाउन अन्तरवार्तामा मित्रवत् व्यवहार देखाउनुहोस्

Dec 2, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुनै पनि रोजगारका उम्मेदवारहरु सामान्यतया अन्तरवार्ताका क्रममा उनीहरुका कार्यक्षमता र अनुभवमै अन्तरवार्ताकारहरु केन्द्रित हुने सोच्ने गर्दछन् । तर, हालै गरिएको एक अध्ययनमा भने रोजगारदाताहरुले उम्मेदवारहरुको कार्यक्षमता र अनुभवसँगै उनीहरुले प्रदर्शन गर्ने मित्रवत् व्यवहारलाई उच्च प्राथमिकता दिइरहेको पाइएको छ । अमेरिकाको शिकागो राज्यको इलनोय शहरस्थित नर्थवेष्टर्न युनिभर्सिटीकी व्यवस्थापन प्राध्यापक लौरेन रिभेराले गरेको उक्त अध्ययनअनुसार रोजगारदाताहरुले सम्भाव्य कर्मचारीसँग काम गर्न सक्ने/नसक्नेबारे सरल ढङ्गमा विश्लेषण गर्ने गरेका छन् । कतिपय अन्तरवार्ताकारहरुले त अन्तरवार्ता दिन आउनेहरुको शैक्षिक योग्यता, क्षमता र अनुभवभन्दा उम्मेदवारहरुसँग आफ्नोजस्तै बानीबेहोरा, रूचि र भावना खोज्ने प्राध्यापक रिभेराले बताइन् ।

‘मैले एउटा अन्तरवार्तामा इन्भेष्टमेण्ट बैङ्कका मानव संसाधन प्रमुखले उम्मेदवारलाई शुरुमै तपाईं आफैंलाई जागीर दिंदै हुनुहुन्छ भनेर अन्तरवार्ता लिन थालेको देखेकी छु,’ उनले भनिन् । रिभेराले १ सय २० ओटा नाम चलेका ल फर्म, व्यवस्थापन परामर्शदाता कम्पनी र इन्भेष्टमेण्ट बैङ्कहरुका उच्च अधिकारीहरुसँग २ वर्षको समय लगाएर उक्त अध्ययन गरेको जानकारी दिइन् । यस क्रममा उनले कम्पनीहरु ‘सांस्कृतिक रुपमा उपयुक्त’ उम्मेदवारलाई लिन बढी इच्छुक देखिएको उनको भनाइ छ । त्यस्तै, कार्यालयको कामका साथै बाहिर पनि मिल्न सक्ने उम्मेदवारप्रति रोजगारदाताहरुको झुकाव हुने रिभेराको कथन छ । ‘अध्ययनमा सामेल अधिकारीहरुमध्ये आधाभन्दा बढीले सम्भावित उम्मेदवारहरु मिलनसार र सांस्कृतिक रुपमा ठीक हुनु उनीहरुको विश्लेषणात्मक क्षमता र अनुभवजत्तिकै आवश्यक ठानेको पाइयो,’ उनले बताइन् ।

तर, यससँगै रोजगारदाताहरुले तोकेका सबै शर्तमा खरो उत्रिनेहरुमात्रले जागीर पाउने र अन्यले नपाउने भनेर चाहिँ भन्न नमिल्ने पनि प्राध्यापक रिभेराको भनाइ छ । ‘मेरो अध्ययन उम्मेदवारहरुले आफ्ना शैक्षिक योग्यता र अनुभवका लागि रोजगारदाताहरुले तोकेका केही निश्चित मापदण्ड पूरा गरेपछि दोस्रो चरणमा निर्णायक हुन सक्ने देखिएको व्यवहारसँग सम्बन्धित छ,’ रिभेराले उल्लेख गरिन् । यसको उदाहरणस्वरुप एउटा कम्पनीले कार्यालयको कामबाहेक थुप्रै रूचि भएकाहरुलाई भर्ती नगरेको पाइएको उनले बताइन् । त्यसैगरी अर्कोमा ‘स्क्वास’ खेलमा ज्यादै रूचि भएको उत्तर दिने उम्मेदवार कम्पनीको ‘दमदार’ छविअनुरुपको नभएको भन्दै अस्वीकार गरिएको रिभेराले जानकारी दिइन् । त्यसैगरी बिदाको समयमा अन्य सहकर्मीसँग हेलमेल गर्दै मस्तीमा रमाउने उम्मेदवारलाई पनि थुप्रै इन्भेष्टमेण्ट बैङ्कले छनोट गरेको उनले उदाहरण दिइन् ।

‘अध्ययनमा सामेल अन्तरवार्ताकारहरुमध्ये धेरैजसो उच्च–मध्यम तथा उच्च–वर्गका र ख्यातिप्राप्त विश्वविद्यालयहरुबाट शिक्षा हासिल गरेका स्वेत अमेरिकी पुरूष तथा महिला थिए, जसको कामका अलावा अन्य बाह्य गतिविधिमा पनि उत्तिकै रूचि थियो,’ उनले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)