ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठभित्रै अनलाइन ट्रेडिङ

Feb 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले स्वचालित अनलाइन कारोबार (अनलाइन ट्रेडिङ) ४ महीनाभित्र शुरू गर्ने भएको छ । यसअघि अनलाइन ट्रेडिङ गत कात्तिक महीनामै शुरू गर्ने नेप्सेको तयारी थियो । अब आगामी जेठ मसान्तमा परीक्षण गर्नेगरी तयारी भइरहेको नेप्सेले बताएको छ । नेप्सेले वाइको प्रालिसँगको साझेदारीमा उक्त प्रणाली निर्माण गरिरहेको छ । वाइकोले २०७४ वैशाख ६ गते प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेको थियो । जम्मा १६ ओटा मोडल रहने यो प्रणालीमा हालसम्म करीब १३ ओटा प्रणाली निर्माण भइसकेको नेप्सेका वरिष्ठ सूचनाप्रविधि अधिकृत निरञ्जनसिंह नायकले जानकारी दिए । उनका अनुसार अब बाँकी रहेको ३ ओटा प्रणालीमा जोखीम व्यवस्थापन, एभिलेन्स र ब्रोकर ड्राइपोटरिज मोडल छन् । यी सबै मोडल जेठ मसान्तसम्म तयार भएपछि लगानीकर्तामाझ परीक्षण शुरू गरिने बताइएको छ । यो प्रणाली कार्यान्वयनमा आउनासाथ लगानीकर्ता दोस्रो बजार कारोबारका लागि ब्रोकरसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । नायकले भने, ‘यो प्रणालीको स्पीड ‘माइक्रो सेकेण्ड’मा हुनेछ । यसपछि हामी अन्तरराष्ट्रिय पूँजीबजारसरहको पहुँच निर्धारण गर्न सक्षम हुनेछौं ।’ नेपालमा अनलाइन ट्रेडिङका लागि २ वर्षअघिदेखि बहस हुँदै आएको थियो । तर, अहिले भने यसका लागि धमाधम काम भइरहेको नेप्सेको दाबी छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले भने, ‘आउँदो जेठसम्ममा अनलाइन ट्रेडिङ शुरू गर्न हामी जुटेका छौं ।’ उनले अनलाइन ट्रेडिङ आउँदैन भन्ने हल्लामा नलाग्न आग्रह गरे । यो प्रणाली आएपछि साना लगानीकर्ताहरू लाभान्वित हुने उनले बताए । ठूला लगानीकर्ताहरूले अहिले आफूखुशी घटबढ गरी पूँजीबजारबाट अत्यधिक लाभ लिइरहेको बताउँदै उनले अनलाइन टे«डिङपछि यस्तो बजार कसैको इच्छामा घटबढ नहुने स्पष्ट पारे । अनलाइन ट्रेडिङमा कसरी जोडिने ? उक्त प्रणाली आएपछि लगानीकर्ताहरूले आफूले दिएको खरीदविक्री आदेश ब्रोकरहरूले तुरुन्तै हेर्न मिल्ने, आदेशअनुसार कार्यान्वयन गर्नपर्ने तथा आदेश रद्द गर्न मिल्ने र नमिल्नेजस्ता सुविधा माग गर्न सक्नेछन् । हाल ब्रोकरसम्म पुगेर कारोबार गरिरहेका लगानीकर्ताले यो प्रणाली कार्यान्वयनमा आएपछि ब्रोकर कम्पनीबाट युजरनेम र पासवर्ड लिनुपर्छ । त्यसपछि लगानीकर्ताले ट्रेडिङ पोर्टल क्लाइण्टमा ‘लग इन’ गर्नुपर्छ । लगानीकर्ताले दुईओटा खाता खोल्नुपर्ने हुन्छ । खरीद विक्री आदेशका लागि ट्रेडिङ खाता खोल्नुपर्छ भने कारोबार गर्न मात्र फण्ड खाता खोल्नुपर्छ । लगानीकर्ताले इण्टरनेटको सहायताले आफ्नो खातामा ‘लग इन’ गरेपछि विश्वको जुनसुकै कुनामा बसेर खरीद विक्री आदेश दिन सक्नेछन् । आदेश गर्दा रू. ५० हजारसम्म फण्ड खातामा राख्न पाउनेछन् । खातामा रकम सकिएमा तत्कालै बैङ्कको लिङ्कमा गएर बैङ्कको खाताबाट ब्रोकरको खातामा रकम ट्रान्सफर गर्न पाउनेछन् । यसमा क्लाइण्टको जोखीम वहन क्षमता कम हुन्छ । यसको जोखीम ब्रोकरले बोक्नुपर्छ । यो प्रणालीमा लगानीकर्ता र ब्रोकरको छुट्टाछुट्टै पोर्टल हुन्छ । ब्रोकरका लागि ट्रेडिङ पोर्टल हुन्छ भने लगानीकर्ताका लागि ट्रेडिङ पोर्टल क्लाइण्ट हुन्छ । यो सफ्टवेयरले लगानीकर्ताको कारोबारलाई निष्पक्ष तथा पारदर्शी पनि बनाउँछ । खरीदविक्रीको आदेशमा तलमाथि र मनलागी हुने प्रवृत्तिको अन्त्य हुनेछ । आफ्नो मान्छे र चिनेको मान्छेलाई पहिला खरीद विक्री गर्नेजस्ता प्रवृत्तिको अन्त्य यो प्रणालीको सफ्टवेयरले गर्नेछ । अनलाइन ट्रेडिङका फाइदा ‘माइक्रो सेकेण्ड स्पीड’ रहने यो प्रणालीमा १६ ओटा मोडलको प्रयोग भएका छन् । अन्तरराष्ट्रिय स्तरको यो प्रणालीमा कोल्याक्टर, कोरहार्ट अर्थात् म्याचिङ इञ्जिन, अर्डर राउटिङ, लिष्टिङ, इण्डेक्स सिष्टम, मेम्बरशीप सिष्टमलगायत मोडल रहेका छन् । अन्तरराष्ट्रिय अभ्यासको यो प्रणालीले लगानीकर्तालाई सुविधा दिनुका साथै पूँजीबजारमा धेरैलाई समेट्छ । मुलुकको आर्थिक उन्नतिका लागि पूँजीबजारको विकास अपरिहार्य रहेको बेला यो प्रणालीबाट थप टेवा पुग्ने र बजारलाई आधुनिकीकरणतर्पm लैजाने बताइएको छ । हाल नेप्सेले अटोमेटिक ट्रेडिङ प्रणालीमा कारोबार गराउँदै आएको छ । अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयन गराउन जडान गरिने नयाँ प्रणालीको प्रयोगलाई थप सहज बनाउने उद्देश्यले सफ्टवेयर निर्माताहरूले विद्यमान ‘ब्याक अफिस सिष्टम’मार्फत खरीद विक्री आदेश दिन र तथ्याङ्कको अभिलेख व्यवस्थापन गर्न पूर्वअभ्याससमेत गराएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)