ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रकबाटै मोबाइल बैङ्किङ सेवा !

Feb 23, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
मोबाइल बैङ्किङ भनेको चलायमान बैङ्क होला भन्ने धेरैले सोचेका थिए । बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई मोबाइलबाटै बैङ्किङ सेवा उपलब्ध गराउने सेवा हो मोबाइल बैङ्किङ । तर, जर्मनीको स्वतन्त्र राज्य बभरियाका केही जिल्लामा भने मोबाइल बैङ्किङको अर्थ अहिले पनि ट्रकबाट गाउँगाउँ घुमेर दिइने सेवा हो । जर्मनीको क्रोनाख जिल्लाको च्रिन गाउँमा बचत बैङ्कका एक व्यवस्थापकले हप्तामा ४ दिन ट्रकबाटै मोबाइल बैङ्किङ सेवा दिन्छन् । यस्तो मोबाइल बैङ्किङ सेवा पाउने केही गाउँको उदाहरण मात्रै हो च्रिन । बचत बैङ्क स्पार्कास्सेनका एक व्यवस्थापक युर्गेन शाल्लेरले मोबाइल बैङ्किङ सेवा प्रदान गर्न नै वर्षेनि २० हजार किलोमिटर गुड्ने गरेका छन् । उत्तरी बभरियाको ग्रामीण क्षेत्रबाट बैङ्कका शाखाहरू एकपछि अर्को गर्दै सारेपछि बचत बैङ्कका कार्यकारी आफैले ट्रकबाट मोबाइल बैङ्किङ सेवा दिन थालेका हुन् । यसका लागि शाल्लेरले हरेक हप्ता सोमवारदेखि बिहीवारसम्म गाउँगाउँ गएर ट्रकबाटै विभिन्न खाले बैङ्किङ सेवा दिन्छन् । शुक्रवार भने उनले ट्रक र ट्रेलरमा मर्मत सम्भारको काम गर्ने गरेका छन् । बैङ्कका डेस्कबाट दिइने सेवा ट्रकको ड्यासबोर्डबाट दिँदा ग्राहकहरूसँग सम्पर्क बनाउन बाहेक अरू काम पनि गर्न सकिने एएफपीसँगको कुराकानीमा शाल्लेरले भनेका छन् । अनलाइन बैङ्किङ प्रयोग गर्ने युवा जमातमा भएको वृद्धि, ग्रामीण भेगको खुम्चिँदो जनसङ्ख्या र न्यून ब्याजदरका कारण मुनाफा नहुने स्थिति देखेपछि बैङ्कका भौतिक शाखा धमाधम बन्द भइरहेका छन् । यस्तो स्थितिमा सार्वजनिक क्षेत्रका स्पार्कशेजस्ता बैङ्कहरू पनि आफ्नो व्यावसायिक मोडलबारे पुनर्विचार गर्न बाध्य भएका छन् । गतवर्ष दक्षिणपूर्वी जर्मनीको कोनार्च–कुम्बाच जिल्लामा मात्रै स्पार्कास्सेन बैङ्कका मात्रै ६ शाखा बन्द भएका थिए । देशका अरू स्थानका अन्य बैङ्कको हालत पनि यस्तै छ । विगत १५ वर्षमा हरेक १ लाख मानिसका लागि उपलब्ध भौतिक बैङ्क शाखाको सङ्ख्या १ चौथाइ घटेर ३५ मा आएको छ । अनलाइन बैङ्किङ सेवा नलिएका वृद्धवृद्धा र स्थानीय व्यवसायीहरूले मोबाइल बैङ्किङ प्रयोग गरिरहेको क्रोनाख–कुम्बाख जिल्लाका स्पार्कास्सेनका विक्री निर्देशक स्टेफेन हाबेरचेट्लले बताएका छन् । हरेक स्टपमा करीब २० जनाले मोबाइल बैङ्किङको प्रयोग गर्ने गरेका छन् । यो सङ्ख्या वार्षिक १२ हजारको हाराहारीमा पुग्ने हाबेरचेट्लको अनुमान छ । दैनिक ८ हजार ८ सय अनलाइन बैङ्किङको तुलनामा भने यो निकै कम हो । शहरी क्षेत्रमा रहेका बैङ्क शाखासम्म जाने साधन नभएका मानिसले पनि मोबाइल बैङ्किङ नै प्रयोग गर्ने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)