ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश ६ को सर्वसम्मत निर्णय : नाम "कर्णाली प्रदेश", राजधानी सुर्खेत

Feb 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
फागुन १२, वीरेन्द्रनगर । प्रदेश नं ६ को शनिवार बसेको प्रदेशसभाको बैठकले नाम कर्णाली र राजधानी सुर्खेत तोकेको छ । प्रदेशसभाको चौंथो बैठकले अत्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । संविधानमा प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाले नै तोक्ने व्यवस्था छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव पेश गरेका थिए । दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रदेशसभामा प्रस्ताव राखेका हुन् । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो । प्रस्ताव पेश गर्दै सांसद शाहीले यो प्रदेशको राजधानी सुर्खेतको विकल्प नभएको धारणा राखेका थिए । उक्त प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र माओवादीका गणेशप्रसाद सिंहले समर्थन ब्यक्त गरेका थिए । प्रस्तावमाथि छलफलमा भाग लिंदै सांसद अमरबहादुर थापाले सुर्खेतबाट सञ्चालन हुने प्रदेश सरकारको कामकारवाहीले प्रदेशका १० ओटै जिल्लालाई समान रुपमा हेर्नुपर्ने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेतलाई राजधानी बनाउने विषयमा आफ्नो विरोध नरहेको भन्दै आफूले यसअघि उठाउँदै आएको दुई ओटा राजधानी बनाउने कुराले कर्णालीलाई सङ्घीयताको अनुभूति दिलाउन सकिने धारणा राखे । उनले दुई ओटा राजधानी बनाउनुपर्ने धारणा राखेका छन् । सांसद यज्ञबहादुर बिसीले राजधानीका लागि आवश्यक पूर्वाधारका हिसाबले सुर्खेत नै उपयुक्त हुने बताए । सांसद धर्मराज रेग्मी, कुर्माराज शाही, देवी वली, विन्दमान विष्ट, ठम्मरबहादुर विष्टले संसद बैठकमा राजधानीसम्बन्धी प्रस्तावको छलफलका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेत नै उपयुक्त भएको बताएका थिए । प्रदेश नं ६ मा ४० सांसद छन् । बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको हो । वैठकमा वोल्ने अधिकांश सांसदहरुले प्रदेशको सम्वृद्धिका लागि सवै क्षेत्रबाट लाग्नु पर्ने वताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)