फागुन १३, काठमाडौं । वर्तमान केपी ओली सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरी राष्ट्रपतिबाट मनोनयन भएका तीन जनालाई फागुन २० गतेसम्म सपथ नखुवाउन आइतवार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनीहरुलाई सपथ नखुवाउन अन्तरिम आदेश दिएको हो । वर्तमान सरकारले सिफारिस गरेका डा. युवराज खतिवडा, राम नारायण विडारी र विमला पौडेल राईलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन गरेकी थिइन् ।
देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई सिफारिस गरेको भएता पनि राष्ट्रपतिबाट उनीहरुलाई मनोनयन गरिएको थिएन ।
सर्वोच्च अदालतबाट दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने भन्ने सम्बन्धमा यही फागुन २० गते छलफल हुनेछ ।