ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कागज र कलमबाट बिजुली !

Feb 26, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हामीले पानी, हावालगायत तŒवबाट बिजुली निकालेको त देख्दै र सुन्दै आएका छौं । जर्मनीका वैज्ञानिकहरूले बिजुली निकाल्न वातावरणमैत्री र सस्तो तरीका फेला पारेका छन् । उनीहरूले कागज र कलम (पेन्सिल)बाट बिजुली निकालेका छन् । उनीहरूले तापीय प्रभावको प्रयोग गरेर बिजुली उत्पादन गर्ने प्रविधिको विकास गरेका हुन् । यो सजिलो त छ नै, साथै अनौठो पनि छ । हल्महोल्ट्च एशोसिएशन अफ जर्मन रिसर्च सेण्टरको एकाइ हल्महोल्ट्च जेण्ट्रम बर्लिन (एचजेडबी)का अनुसन्धानकर्ताले यस्तो तरीका पत्ता लगाएका हुन् । तापलाई बिजुलीमा परिर्वतन गर्ने प्रविधि धेरै पहिलेदेखि प्रचलनमा आए पनि बर्लिनका वैज्ञानिकले भने निकै सजिलो र अहिलेसम्मकै नौलो यो तरीका हालै मात्र आएको दाबी गरेका छन् । कागज पेन्सिल र कण्डक्टर पेण्टको प्रयोग गरी बिजुली निकाल्न उनीहरू सफल भएका हुन् । बिजुली उत्पादनको यो नौलो प्रविधि कुनै पनि वस्तुको थर्मोइलेक्ट्रिक प्रभावमा आधारित छ । यसअनुसार दुईओटा अलगअलग तापक्रम भएका धातुलाई एकै ठाउँमा ल्याउँदा त्यसबाट विद्युतीय भोल्टेजको उत्पादन हुन्छ । यसबाट कुनै प्रविधि वा प्राकृतिक प्रक्रियापश्चात् बचेको तापक्रमलाई आंशिक रूपमा विद्युतीय ऊर्जामा परिवर्तन गर्न सकिन्छ । ऊर्जा केन्द्र र घरमै प्रयोग हुने विभिन्न मेशिनबाट निस्किने तापक्रम खेर गइरहेको हुन्छ । तर, यो प्रविधिको माध्यमबाट त्यसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिने वैज्ञानिकहरू बताउँछन् । एचजेडबीका प्राध्यापक नोर्बर्ट निकेलको नेतृत्वमा गरिएको अनुसन्धानमा वैज्ञानिकहरूले सेतो कागजमा मोटो गरेर पेन्सिलको ग्राफाइटले कोरेर एउटा सानो क्षेत्रलाई छोपे । त्यसपछि त्यसमा पोलिमरको पेण्ट लगाए जुन बिजुलीको सुचालक हो । त्यसपछि जसरी महङ्गो नानो कम्पोजिटबाट बिजुली पैदा हुन्छ, त्यसैगरी कागजमा पेन्सिलले कोरिएको ठाउँमा विद्युतीय चार्ज पैदा भएको पाइयो । ग्राफाइटमा इण्डियम सेलेनाइड जोडेर भोल्टेज १० गुणा बढाउन पनि सकिने अनुसन्धानकर्ताको भनाइ छ । नानो कम्पोजिटले फरकफरक फ्रिक्वेन्सी पैदा गर्न सक्छन् । पेन्सिलले कोर्दा कागजमा ग्राफाइटको सतह बन्ने र त्यो बिजुलीको कमजोर सुचालक बने पनि ताप भने सजिलैसँग प्रवाहित गरी भोल्टेज उत्पन्न गर्न सक्ने वैज्ञानिक नोर्बर्ट बताउँछन् । भविष्यमा यो प्रविधिको प्रयोगबाट तामालगायत अन्य धातुलाई कागजमा प्रिण्ट गर्न सकिने वैज्ञानिकको भनाइ छ । यसका साथै शरीरको तापीय ऊर्जाको प्रयोग गरी विभिन्न ग्याजेट र सेन्सर पनि चलाउन सकिने उनीहरूको भनाइ छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)