ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब रेष्टुराँमा गर्नुहोस् विवाह

Dec 4, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

रेष्टुराँलाई स्वादिष्ट भोजन खाने अथवा जमघट गर्ने स्थलका रुपमा मात्र बुझ्नुभएको छ भने यो रेष्टुराँले तपार्इंको सोचाइलाई अवश्यै १ सय ८० डिग्रीले परिवर्तन गरिदिनेछ । किनभने अमेरिकामा बिहीवारदेखि शुरु गरिएको यो रेष्टुराँमा पिनट बटर, केरा र बेकनको खाना खाइसकेपछि विवाह गर्ने योजना बनाएका जोडीहरु लगनगाँठोमा कसिन सक्नेछन् । हो, दिनको २४ घण्टा नै सञ्चालन हुने प्रख्यात अमेरिकी डाइनर चेन ‘डेनिज’ले लास भेगस शहरमा शुरु गरेको यो रेष्टुराँमा थरिथरिका खानाका अलावा विभिन्न प्रकारले विवाह पनि गर्न सकिन्छ ।

यसभित्र एक विवाहका लागि एक ‘वेडिङ च्यापल’ बनाइएको छ, जहाँ एक पादरीले इच्छुक जोडीलाई धार्मिक विधिअनुसार जीवनसाथी बनाइदिनेछन् । त्यसैगरी त्यहाँ विवाह गरिसकेपछि लगनगाँठोमा कसिएका जोडीको तस्वीर खिच्न एक ‘फोटो बुथ’ पनि बनाइएको छ । लास भेगसको ऐतिहासिक फ्रिमोण्ट स्ट्रिटमा अवस्थित यो सुनौलो रङको रेष्टुराँ घुमाउरो पारामा बनाइएको छ भने त्यसलाई थप चित्ताकर्षक बनाउन नियोन बत्ती स्टीलको अत्याधुनिक ढाँचा प्रयोग गरिएको छ । ‘भेगसमा सामान्य प्रकारको रेष्टुराँले काम नगर्ने देखिएपछि हामीले यो नितान्त फरक प्रकारलाई अपनाएका हौं,’ विश्वभरि १ हजार ७ सयओटा अमेरिकी डाइनर सञ्चालन गरिरहेको डेनिज कर्पोरेशनकी प्रमुख बजार व्यवस्थापन अधिकृत फ्रान्सेस एलेनले भनिन् ।

‘रेष्टुराँ अहिल्यै सञ्चालनमा आइसके पनि विवाहका कार्यक्रम भने सन् २०१३ को प्रथम त्रैमासदेखि मात्र शुरु गरिनेछ,’ उनले जानकारी दिइन् । सेलिब्रेटीहरुको बिहे कार्यक्रमबाट यसको शुरूआत हुने एलेनको भनाइ थियो । त्यहाँ बिहे गर्दा लाग्ने शुल्क र अन्य सेवा भने पछि नै सार्वजनिक गर्ने उनले बताइन् । एलेनका अनुसार यो रेष्टुराँ ‘फूल बार’युक्त डेनिजका ५० ओटा सबैभन्दा ठूला शाखामध्ये एक रहेको छ । ६ हजार ४ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको यो डाइनर डेनिजले सञ्चालनमा ल्याएकामध्ये सबैभन्दा महँगो रहेको उनले उल्लेख गरिन् ।

यो नयाँ रेष्टुराँको सञ्चालनबाट साउथ क्यारोलिना राज्यमा मुख्यालय भएको डेनिज कर्पोरेशनले केन्द्रीय लास भेगसमा भइरहेको पुनः विकासनिर्माणबाट फाइदा लिन खोजेको देखिन्छ । डाइनर सञ्चालनमा ल्याइएको स्थाननजिकै सडकमाथि बनाइएको ‘जीप लाइन’ छ, जसमा झुण्डिएर थुप्रैले यात्रा गर्ने गर्छन् । त्यस्तै, डेनिजको छेवैमा एक अर्को रेष्टुराँ पनि छ, जसले सबैभन्दा बढी क्यालोरीयुक्त बर्गर खुवाएको गिनिज विश्व रेकर्ड पाएको छ । यतिमात्र नभई चाँडै नै उक्त क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो समलिङ्गी नाइटक्बल पनि सञ्चालन ल्याइने बुझिएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)