ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टफोनले पेन्सिल चलाउन बिर्सायो !

Feb 27, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
लण्डन (बेलायत) । आजको समयमा ठूला मानिसमात्र नभई बालबालिका पनि स्मार्टफोनप्रति आशक्त हुँदै गएका छन् । आमाबुबा व्यस्त हुँदा स्मार्टफोन उनीहरूको सबैभन्दा प्रिय साथी बनेको छ । तर, स्मार्टफोन र ट्याब्लेटको बढ्दो प्रयोगले बालबालिकालाई कलम समाउन कठिन बन्दै गएको एक अध्ययनले देखाएको छ । फोन र ट्याब्लेट धेरै चलाउँदा त्यसले बालबालिकाको औंलाको मांशपेशीलाई विकसित हुनबाट रोक्ने र यसले कलम समात्न गाह«ो हुने बेलायतका चिकित्सकले बताएका छन् । ‘आजका बालबालिकाको हात अथवा औंलामा त्यस्तो बल नै हुँदैन जुन १० वर्षपहिले हुने गर्थ्यो,’ बेलायतस्थित हर्ट अफ इङ्ग्ल्याण्ड फाउण्डेशन एनएचएस ट्रष्टका बाल चिकित्सा थेरापिष्टका प्रमुख साली पेइनीले भने । बालबालिका विद्यालय आउँदा उनीहरूलाई पेन्सिल समाउन दिइन्छ, तर उनीहरूको औंलामा आधारभूत गतिशीलताको अभावका कारण पेन्सिल समाउन कठिनाइको सामना गर्नुपरेकोमा पेइनीले जोड दिएका छन् । पेन्सिल समाउन औंलाका मांशपेशीमा आफ्नो बलियो नियन्त्रणको आवश्यता पर्ने, तर उनीहरूले टच स्क्रिन चलाउँदा औंलाको मांशपेशी नै शिथिल भइसकेका कारण उनीहरूलाई त्यसो गर्न गाह्रो हुने बताइएको छ । यससँगै बालबालिकाले प्रविधिको धेरै प्रयोग गरेका कारण उनीहरूको हस्तलेखन कौशल (जो एक बालापन कौशलभित्र पर्छ) पनि ढिलो विकसित भइरहेको पाइएको छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)