ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङका घरेलु तथा साना उद्योगमा सवा १३ अर्ब लगानी, होटल तथा रेष्टुरेण्टमा मात्रै पौने ६ अर्ब

Feb 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
फागुन १६, दाङ । दाङका विभिन्न घरेलु तथा साना उद्योगमा सवा १३ अर्बभन्दा बढी लगानी भएको छ । जिल्लामा उत्पादन मूलक, कृषि तथा वनजन्य, पर्यटन उद्योग, सेवा मूलक, निर्माणसम्बन्धी र खनिज उद्योगमा १३ अर्ब २९ करोड ६३ लाख ५७ हजार २ सय ४१ रुपैयाँ लगानी भएको हो । उत्पादन मूलक एक हजार २७, कृषि तथा वनजन्य एक हजार ३ सय ९३, पर्यटन उद्योग ६ सय २२, सेवा मूलक १ हजार ६ सय १, निर्माणसम्बन्धी २ सय ५५ र खनिज ४ गरी ४ हजार ९ सय २ ओटा घरेलु तथा साना उद्योगमा सो लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले बताएको छ । जिल्लामा सबैभन्दा बढी ६ सय २२ ओटा पर्यटन उद्योगमा ५ अर्ब ९४ करोड ९० लाख ८२ हजार १ सय ४४ रुपैयाँ लगानी भएको छ । पर्यटन उद्योगमा होटल तथा रेष्टुरेण्टहरु पर्दछन् । त्यसैगरी सेवा मूलक उद्योगमा रू.२ अर्ब ३९ करोड २४ लाख ६९ हजार १ सय ४४, कृषि तथा वनजन्य उद्योगमा रू.२ अर्ब ४२ करोड ९५ लाख ६१ हजार ५ सय १२, उत्पादन मूलकमा रू.२ अर्ब ३२ करोड ७५ लाख २ हजार ७ सय १७, निर्माणसम्बन्धी उद्योगमा रू.१९ करोड १७ लाख १२ हजार ६ सय ७४ र खनिजमा रू.६० लाख २९ हजार लगानी भएको छ । सेवा मूलकमा बालुवा प्रशोधन उद्योग, ढुवानी सेवा, प्रशिक्षण केन्द्रहरु, इञ्निनियरिङ कन्सल्टेण्ट, ड्राइभिङ सेण्टरहरुलाई राखिएको छ भने कृषि तथा वनजन्य उद्योगमा मौरीपालन, बंगुर फार्म, खरायो फार्म, माछा पालन, गाईभैंसी, बाख्रा पालन र पोल्ट्री फार्महरुलाई राखिएको छ । त्यस्तै उत्पादन मूलकमा ग्रील उद्योग, खाद्यन्न उद्योगहरु, डेरी, जुत्ता चप्पल उद्योग, इट्टा उद्योगलगायतका उत्पादन मूलक उद्योगलाई राखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकृत एवम् उद्योग शाखा प्रमुख वामदेव शर्माका अनुसार गएको आर्थिक वर्षमा मात्रै ८ सय ८१ ओटा उद्योगहरु थपिएका छन् । जिल्लामा वर्षेनी घरेलु तथा साना उद्योगको सङ्ख्या वढ्दै गएको छ । गएको वर्षमा मात्रै ८ सय ८१ उद्योग थपिदा १ अर्ब १७ करोड ६० लाख ५८ हजार ६० रुपैयाँ लगानी गरिएको शर्माले जानकारी दिए । गएका वर्षहरुमाभन्दा यसवर्ष उद्योग दर्तामा बृद्धि भएको जानकारी दिदै शर्माले भने, ‘पछिल्लो चरणमा जिल्लामा घरेलु तथा साना उद्योगमा आकर्षण वढ्दै गएको छ । त्यसमा पनि यो वर्ष झन वढेको छ ।’ चालू आर्थिक वर्षको छ महीनामा मात्रै जिल्लामा ४ सय ९१ ओटा घरेलु तथा साना उद्योग थपिएका छन् । जसबाट रु.६१ करोड ६० लाख ८२ हजार ७ सय ३८ रुपैयाँ लगानी थपिएको छ । चालू आर्थिक वर्षदेखि सरकारले ५ लाख स्थिर पूँजी भएका लघु उद्यमलाई निःशुल्क रुपमा दर्ता गर्ने व्यवस्था ल्याएकाले पनि गएका वर्षभन्दा चालूु आवमा उद्योग दर्ता गर्नेको सङ्ख्या वृद्धि भएको सूचना अधिकारी शर्माको भनाइ छ । तर, जिल्लामा उद्योग दर्ता हुने क्रम वढेपनि दर्ता भएको करीव ३० प्रतिशत भन्दा वढी उद्योग बैङ्कबाट ऋण लैजानका लागि मात्रै दर्ता भएका छन् । यसले गर्दा उत्पादन तथा आर्थिक वृद्धिमा सहयोग पुग्नुको साटो नकारात्मक असर पर्ने संभावना बढी देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)