ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइन्स्टाइन र न्यूटनजस्तै बन्न दिवास्वप्न देख्ने गर्नुहोस्

Dec 6, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

दैनिकीअनुसारको कार्यक्रम र अनुशासित व्यवहार प्रदर्शनमात्रले सफलता हात लाग्छ भनेर सोच्नुभएको छ ? यदि त्यस्तो हो भने यहाँ तपाईंले आफ्नो धारणामा पुनर्विचार गर्नुपर्ने कारणहरु प्रस्तुत गरिएका छन् । किनभने, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले दिवास्वप्न देख्नुले मानिसहरुलाई सफल बनाउने कुरा पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अल्बर्ट आइन्स्टाइन र आइज्याक न्यूटनलगायत अन्य वैज्ञानिक र सृजनात्मक क्षेत्रमा हस्तीका रुपमा दरिएकाहरुले गरेका केही सबैभन्दा उल्लेख्य खोज उनीहरुको मन र मस्तिष्क भौंतारिँदा हासिल भएको हो । ‘साइकोलोजिकल साइन्स’ जर्नलमा प्रकाशित उक्त अनुसन्धानको रिपोर्टमा सामान्य मानिसहरुले पनि आफ्ना मन र मस्तिष्कलाई खुला बनाउँदै भौंतारिन दिएमा समस्याको समाधान राम्रोसँग गर्न सक्ने पाइएको उल्लेख छ । दिवास्वप्न देख्नु अथवा कल्पनाशील बन्नुले यसमा सबैभन्दा बढी योगदान गर्ने रिपोर्टमा बताइएको छ ।

यसको उदाहरण प्रस्तुत गर्दै अनुसन्धानकर्ताहरुले आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्तको अवधारणा दिवास्वप्न देख्दै बनाउन शुरु गरेको बताएका छन् । शास्त्रीय शिक्षाविरूद्ध विद्रोह गरेका आइन्स्टाइनले विद्यालयबाट निष्काशित भएपछि सूर्यको किरणमा चढेर अन्तरिक्षको छेउसम्म पुगेको कल्पना बारम्बार गर्दै अन्ततः भौतिकशास्त्रलाई नै नयाँ ढङ्गले परिभाषित गर्ने सापेक्षतावादको सिद्धान्त निर्माण गर्न पुगेको उनीहरुको भनाइ छ । त्यसैगरी बेलायतको लिङ्कनशायरमा रहेको आफ्नी आमाको बगैंचाको रुखमुनि कल्पनामग्न भएर बसिरहेका न्यूटनले पनि रुखबाट स्याउ भूइँमा झरेको देखेपछि गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्न अग्रसर बनेको उदाहरण पनि रिपोर्टमा दिइएको छ ।

‘धेरैजना प्रभावशाली वैज्ञानिकले आफूहरु कुनै लक्षित समस्याको समाधानका लागि सक्रिय भइराखेको बखतमात्रै उपायहरु नभेटेको बताएका छन्,’ अनुसन्धानकर्ता टोलीलाई नेतृत्व गरेका प्राध्यापक बेञ्जामिन बेइर्डले भने । यसको विपरीत कुनै निर्दिष्ट सोचाइबाट टाढा रहेर कल्पनाको संसारमा हराउँदा नै महत्वपूर्ण सिद्धान्त र अवधारणा प्रतिपादन भएको वैज्ञानिकहरुले जानकारी दिएका बेइर्डको कथन छ । यसका साथै उनले कुनै जटिल काम गरिरहेका मानिसहरु केही समयको फूर्सदपछि उक्त काममा फर्किएमा सफल हुने गरेको भेटिएको पनि बताए । निरन्तर खटिइरहनेभन्दा केही समयको आराम अथवा फूर्सद लिएर काम गर्दा सफलता मिल्ने सम्भावना ४० प्रतिशतले बढ्ने बेइर्डले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)