ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाइस्कूल व्यवहारबाट व्यावसायिक सफलताको अनुमान !

Mar 6, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हाइस्कूलमा गरिने व्यवहारले मानिसको जीवनको व्यावसायिक सफलताबारे अनुमान लगाउन सकिने एक अध्ययनले देखाएको छ । विद्यालयमा जिम्मेवार रहेका, अनुशासित बनेका र लेखन कलामा पनि पोख्त भएका युवाले हाइस्कूलमा राम्रो ग्रेड ल्याउने मात्र नभई उनहरूको यस्तो व्यवहार जीवनको उत्तराद्र्धमा व्यावसायिक सफलता पाउने सूचकसमेत रहेको जर्मनीस्थित युनिभर्सिटी अफ ट्युविङ्गेनका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले सन् १९६० तिरका ३ लाख ४६ हजार ६ सय ६० जना हाइस्कूल विद्यार्थीको तथ्याङ्क अध्ययन गरेका थिए । तिनै विद्यार्थीमध्ये ८१ हजार ९ सय १२ जना विद्यार्थीको ११ वर्षपछिको र १ हजार ९ सय ५२ जनाको ५० वर्षपछिको तथ्याङ्क मूल्याङ्कन गरेका थिए । प्रारम्भिक चरणमा हाइस्कूल विद्यार्थीको व्यवहार र आचरणका साथै व्यक्तिगत चरित्र, संज्ञानात्मक क्षमता, पैतृक, सामाजिक, आर्थिक स्तर र जनसाङ्ख्यिकीय कारकहरूको मापन गरिएको थियो । दोस्रो चरणमा उनीहरूको समग्र शैक्षिक अवस्था, आम्दानी र पेशागत स्तरको अध्ययन गरिएको थियो । विद्यार्थी कालमा जिम्मेवार, अनुशासित र लेखपढमा थोरैमात्र समस्या भएका विद्यार्थीहरूले हाइस्कूल पूरा गरेको ११ र ५० वर्षपछि उच्च शैक्षिक उपलब्धि प्राप्त गरेको तथा थप सम्मानजनक जागीर पाएको अध्ययनको निष्कर्ष छ । हाइस्कूल पूरा भएको ५० वर्षको अवधिमा उनीहरूको आम्दानी पनि उच्च रहेको जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजी नामक जर्नलको पछिल्लो संस्करणमा छापिएको यस अध्ययनले देखाएको छ । ‘हाइस्कूलमा विद्यार्थीको आचरण र व्यवहारका कारण उनीहरूलाई पुरस्कृत गरिएको थियो, जसले उच्च शैक्षिक उपलब्धि प्राप्त भयो र यसले पछि गएर जीवनमा उच्च व्यावसायिक पद र आम्दानी हासिल गर्न उनीहरूलाई सहयोग गर्‍यो,’ युनिभर्सिटी अफ ट्युविङ्गेनका अनुुसन्धानकर्ता मारियन स्पेनग्लरले भने । यस अध्ययनबाट केही व्यवहारले मानिसको जीवनमा दिगो प्रभाव पार्न सक्ने स्पष्ट भएको स्पेनग्लरको भनाइ छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)