ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपाङ्गता भएकाहरुलाई पर्वतारोहणमा लगाइएको रोक सर्वोच्चद्वारा खुला

Mar 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
फागुन २३, काठमाडौं । हिमाल आरोहणमा सरकारले अपाङ्गहरुलाई लगाएको प्रतिबन्ध सर्वोच्च अलदालतले बुधवार एक अन्तरिम आदेशमार्फत खुला गरिदिएको छ । अपाङ्गहरुलाई पर्वतारोहणका लागि रोक लगाउने कार्य हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा बुधवार अन्तरिम आदेश दिएको हो । ‘दुबै हात नभएका, खुट्टा नभएका, दुबै आँखा नदेख्ने(दृष्टिविहीन)’हरुलाई पर्वतारोहण गर्नबाट सरकारले गत माघदेखि रोक लगाएको थियो । सरकारको सो कदम विरुद्ध दृष्टिविहीन अमित केसीले सर्वोच्चमा प्रतिबन्ध हटाउनका लागि रीट निवेदन दायर गरेका थिए । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओम प्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपककुमार कार्की सम्मिलित संवैधानिक इजलाशले अपाङ्गहरुलाई पनि हिमाल आरोहण गर्नका लागि बाटो खुला गरेको हो । यो अन्तरिम आदेशसँगै अव अपाङ्गता भएका नागरिकले पनि सगरमाथा सहितका हिमाल आरोहण गर्न पाउने भएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)