ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरम्भ माइक्रोफाइनान्सको आइपिओ दुई दिनमै बाँडफाँट, २७०४८ जनाले पाए १० कित्ता

Mar 7, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
फागुन २३, काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १५ गतेदेखि २१ गतेसम्म जारी गरेको आइपिओ २ दिनमै बाँडफाँट गरेको छ । पुतलिसडक सिडिएसको कार्यालयमा शेयर बाँडफाँट भइरहेको छ । कम्पनीले जारी गरेको आइपिओमा १ लाख ८५ हजार ६ सय ५३ जनाले १ करोड १८ लाख ५५ हजार ७ सय १० कित्ता आवेदन दिएका थिए । कर्मचारीहरुको लागि ८ हजार ८ सय २० कित्ता, सामूहिक लगानी कोषको लागि १४ हजार ७ सय कित्ता छ्ट्याएर बाँकी रहेको २ लाख ७० हजार ४ सय ८० कित्ता शेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाद्वारा १०/१० कित्ता बाँडफाँट गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)