ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एप्पल–सामसुङ झगडाले ‘विश्वशान्ति’ खल्बलियो

Dec 9, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अमेरिकी कम्पनी एप्पल इङ्क र कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सबीचको विवाद विश्व सूचनाप्रविधि क्षेत्रमा अहिलेसम्म देखिएको सबैभन्दा नराम्रो झगडा मानिन्छ । प्रविधिबजार कब्जा गर्ने होडबाजीमा लागेका यी प्रतिद्वन्द्वीबीच केही वर्षयता देखिएको विवादले शत्रुताकै रुप लिएको छ । यसैक्रममा सेप्टेम्बरमा सानफ्रान्सिस्को जिल्ला अदालतले सामसुङलाई पेटेण्ट अधिकार उल्लङ्घन गरेको आरोपमा एप्पललाई १ अर्ब ४ करोड क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । तर, अहिले भने त्यस्तो फैसला सुनाउने त्यही अदालतकी न्यायाधीशले यी दुई कम्पनीबीचको टकरावले आफू दिक्क भएको भन्दै शान्ति कायम गर्न अपील गरेकी छन् ।

सामसुङले फैसलाको विरोध गर्दै दायर गरेको पुनरावेदनको पहिलो बहसमा बिहीवार न्यायाधीश लुसी कोहले दुवै झगडियालाई युद्धविराम गराउने उद्देश्यले यस्तो आग्रह गरिन् । ‘मलाई लाग्छ, अब विश्वमा शान्ति कायम गर्ने समय आएको छ, एप्पल र सामसुङबीचका समस्या आपसी वार्ता र छलफलबाट भएमा त्यसले उपभोक्ता, प्रविधि उद्योग तथा बजार र अन्ततः ती कम्पनीहरुलाई नै फाइदा हुने देखिन्छ,’ उनले भनिन् । आगामी दिनमा अदालत र आफूले यसका लागि नै पहल गर्ने उनको भनाइ थियो ।

न्यायाधीश कोहको यस्तो अपील सुनिसकेपछि सामसुङका वकील चाल्र्स भेरोभेनले कम्पनी वार्ताका माध्यमबाट समस्या समाधान गर्न अग्रसर भएको बताए । तर, वार्ताका लागि ढोका खोल्ने काम एप्पलले नै गर्नुपर्ने र बल एप्पलको कोर्टमा भएको जिकीर उनको थियो । उता, एप्पलका वकील ह्यारोल्ड म्याकएल्हिनीले भने आफूहरु यस विषयमा सामसुङसँग मिल्न तयार नभएको प्रत्युत्तर दिए । ‘सामसुङले एप्पलको पेटेण्ट उल्लङ्घन गरेकै कुरा अदालतको आदेशले नै प्रमाणित भइसक्यो, अब यसलाई लागू गरिनुपर्छ,’ उनले भने । अदालतको जुरीले यसअघि दिएको रायलाई नपछ्याउने हो भने समस्या टुङ्गोमा पुग्न नसक्ने उनको दाबी थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)