ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारमा महिला

Mar 8, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
पछिल्लो शेयर बजारमा महिलाको आकर्षण बढ्दै गएको छ । हाल नेपालका ५० ब्रोकर कम्पनीमध्ये तीन कम्पनी महिलाको नेतृत्वमा सञ्चालित छन् । महिलाको नेतृत्वमा रहेको ब्रोकर नं २५ स्वेता सेक्युरिटिजमा सुचिता खनाल, ब्रोकर नं १८ सगरमाथा सेक्युरिटिजमा शारदा नेपाल र ब्रोकर नं ४१ लिञ्च स्टक मार्केटमा सरिता विष्ट कार्यरत छिन् । ब्रोकर नम्बर २५, स्वेता सेक्युरिटिजको नेतृत्व गर्दै आएकी सुचिता खनालले विगत ५ वर्षदेखि पूँजीबजारमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको बताइन् । अहिले महिलाहरू यो क्षेत्रमा बुझेर लगानी गर्न सक्ने भएको उनको भनाइ छ । आफ्नो कम्पनीमा महिलाकै लागि प्रत्येक बिहीवार शेयर बजारसम्बन्धी जनचेतनामूलक कार्यक्रम विगत १ वर्षदेखि सञ्चालन गर्दै आएको जानकारी उनले दिइन् । उनी यस क्षेत्रमा २०५० सालदेखि दलाल व्यवसायीको रूपमा सक्रिय छिन् । ब्रोकर नं ४१, लिञ्च स्टक मार्केटको प्रबन्ध सञ्चालक सरिता विष्टले महिला सशक्तीकरणका लागि पनि बेलैमा आफ्नो सानो रकम शेयर बजारमा लगानी गर्न अनुरोध गरेकी छिन् । साथै, यस क्षेत्रमा लगानी गर्दा भविष्य सुनिश्चित हुने र सानो लगानीबाट पनि पछि ठूलो बचत हुने सम्भावना भएकोले यो क्षेत्रमा महिलालाई प्रवेश गर्न आग्रह गरेकी छिन् । विगत ४ वर्षदेखि शेयर बजारमा आफ्नो लगानी सुरक्षित गर्दै आएकी विमला घिमिरे आफू छोटो समयमा शेयर बजारमा लगानी गरेर राम्रो मुनाफा कमाउन सफल भएको बताउँछिन् । रू. २ लाखबाट शुरू गरेको लगानी अहिले रू. १ करोड पुगेको उनको भनाइ छ । शेयरबजारमा गरिएको सानो सानो लगानीले पनि उच्च प्रतिफल लिन सकिने यसबाट बुझ्न सकिन्छ । कम्पनीको आधारभूत पक्ष हेरेर शेयरबजारमा लगानी गरेमा भविष्यमा उच्च लाभ पाउन सकिने अनुभव घिमिरेको छ । विगत लामो समयदेखि शेयर बजारसम्बन्धी जानकारीमूलक कार्यक्रममा प्रशिक्षकको रूपमा काम गर्दै आएका सन्तोषराज बजगाईंले पछिल्लो समय शेयर बजारमा महिला सहभागिता बढ्दो क्रममा रहेको बताए । वैदेशिक रोजगारीबाट श्रीमान्ले कमाएको रकम पनि महिलाले शेयर बजारमा लगानी गर्ने गरेको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)