ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सातौँ अन्तरराष्ट्रिय व्यापार मेला काठमाडौमा शुरु

Mar 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

फागुन २४,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारको विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । वर्तमान सरकार जनताप्रति उत्तरदायी रहको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धि ल्याउन सरकार सार्वजनिक निजी र सहकारीको अवधारणा अनुरुप अगाडी बढ्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा बुधवारदेखि काठमाडौमा शुरु भएको ५ दिने सातौं अन्तरराष्ट्रिय व्यापार मेला २०१८ को उद्घाटन गर्दै ओलीले यस्तो धारणा राखेका हुन् ।

निजी क्षेत्रलाई यो सरकारबाट संरक्षण हुँदैन कि भनेर शंका गर्न आवश्यक नभएको भन्दै उनले निर्यातमुखी उद्योग स्थापना, आर्कषक रोजगारी सिर्जना गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने धारणा राखे । प्रधानमन्त्री ओलीले नेपालको व्यापार घाटालाई पाँच वर्षभित्रमा सन्तुलनमा ल्याउने बताए । उनले भने, ‘आजको भोली सबै भइहाल्छ भन्ने छैन । तर पाँच वर्षमा हामीले देखिने गरी काम गर्ने छौं ।’अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यातको तुलनामा आयात १४ गुणा माथि गएको बताउँदै निर्यात प्रवर्द्धनमा जोड दिए । व्यापार घाटा न्युनिकरणको लागि निर्यात प्रवर्द्धन र लगानी वृद्धिको विकल्प नरहेको उल्लेख गर्दै खतिवडाले भने, ‘सय रुपैयाँको आयात गरेर साता रुपैयाँ बराबरको निर्यात गर्छौँ, यसबाट स्पष्ट छ हाम्रो अवस्था कस्तो छ ।’ अर्थमन्त्री खतिवडाले नितिगत समस्या भए समाधान गर्न सरकार तयार रहको बताउँदै विकासको लागि सरकार प्रतिस्पर्धी नभई परिपूरक र प्रवर्द्धकको रुपमा रहने बताए । उनले दिगो विकासको लागि प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक लगानीबाट निर्यात प्रवर्द्धन गरिने धारणा राखे ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले वर्तमान सरकारले जनतामा देखिने गरी परिवर्तनको आभास दिन तयार रहेको बताउँदै गलत गर्नेका विरुद्ध सशक्त रुपमा खडा हुने बताए । उनले उद्योग धन्दाको विकास गर्दा राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने गरी गर्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगाएतले सरकारको आर्थिक समृद्धिको यात्रामा निजी क्षेत्र सधैँ सहयोगी हुने धारणा राखे । उनीहरुले देशमा औद्योगिक वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा जोड दिए ।

फागुन २८ गतेसम्म चल्ने मेलामा नेपाल, भारत, चीन, बंगलादेश र पाकिस्तानका व्यवसायीहरुको सहभागिता रहेको छ ।

तस्वीर : सागर बस्नेत
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)