ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टफोनले वातावरणलाई क्षति पुर्‍याउँछ !

Mar 8, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

सन् २०४० सम्म स्मार्टफोन र डाटा सेण्टर वातावरणलाई सबैभन्दा धेरै क्षति पुर्‍याउने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बन्ने एक नयाँ अध्ययनले चेतावनी दिएको छ । आईसीटीले उत्सर्जनमा यसअघि अनुमान गरेभन्दा बढी प्रभाव पार्ने र अधिकतम उत्सर्जन उत्पादन र सञ्चालनबाट हुने जर्नल अफ क्लिनर प्रोडक्शनको पछिल्लो संस्करणमा छापिएको अध्ययन प्रतिवेदनले देखाएको हो । अनुसन्धानकर्ताहरूले स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, डेस्कटपजस्ता कञ्जुमर उपकरणका साथै डाटा सेण्टर कम्प्युनिशेन नेटवर्कको कार्बन फूटप्रिण्टको अध्ययन गरेका थिए ।

‘आज वातावरणमा स्मार्टफोनको कार्बन फूटप्रिण्ट १ दशमलव ५ प्रतिशत छ र यदि यस्तो प्रवत्ति जारी रह्यो भने सन् २०४० सम्म आईसीटीले विश्वमा हुने कुल कार्बन फूटप्रिण्टको १४ प्रतिशत भाग ओगट्छ । यो विश्वमा सबै यातायात साधनले गर्ने कार्बन उत्सर्जनको झण्डै आधा भाग हो,’ क्यानडास्थित डब्ल्यू बुथ स्कूल अफ इञ्जिनीयरिङ प्र्याक्टिस एण्ड टेक्नोलोजी मेक माष्टर युनिभिर्सिटीका एशोसियट प्रोफेसर लोट्फी बेल्किरले भने । टेक्ष्ट मेसेज गर्न, हरेक फोन कल, भिडियो अपलोड वा डाउनलोड गर्न डाटा सेण्टर चाहिन्छ । यसका लागि दूरसञ्चारसम्बन्धी नेटवर्क र डाटा सेण्टरले धेरै मात्रामा ऊर्जा उपभोग गर्छन् र अधिकांश डाटा सेण्टरहरू जैविक इन्धनबाट उत्पादित बिजुलीमा चल्ने गरेको तथा यो नदेखिने खालको ऊर्जा उपभोग रहेको बेल्किरले बताए ।

वर्तमानको प्रवृत्तिलाई हेर्ने हो भने सबै उपकरणमध्ये सन् २०२० सम्म वातावरणलाई सबैभन्दा बढी क्षति पुर्‍याउन स्मार्टफोनको सबैभन्दा ठूलो योगदानकर्ता रहने अध्ययनले सुझाएको छ । स्मार्टफोन सञ्चालन हुन थोरै मात्र ऊर्जा उपभोग हुने भए पनि यसले गर्ने उत्सर्जनको ८५ प्रतिशत उत्सर्जन प्रभाव उत्पादनबाट आउने अध्ययनमा भनिएको छ । स्मार्टफोनको चिप र मदरबोर्ड उच्च लागतमा उत्खनन हुने बहुमूल्य धातूबाट बन्ने हुँदा यसको उत्पादनका लागि सबैभन्दा बढी ऊर्जाको आवश्यकता पर्छ । यसबाहेक स्मार्टफोनको कार्यकाल पनि छोटो अवधिको हुने भएकाले नयाँ मोडलको उत्पादन गर्नुपर्ने हुन्छ । यसले धेरै मात्रामा ऊर्जा खेर जानुका साथै पुनः त्यतिकै मात्रामा ऊर्जाको आवश्यकता हुन्छ ।

यसैकारण पनि स्मार्टफोनको ऊर्जा उपभोग पर्शनल कम्प्युटर र ल्यापटपको भन्दा धेरै हुने अनुमान गरिएको छ । भविष्यमा वातावरण जोगाउन र ऊर्जा खपत घटाउन कम्युनिकेशन तथा डाटा सेण्टरहरूले अहिलेदेखि नै नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिन आवश्यक रहेको बेल्किरको भनाइ छ । गूगल तथा फेसबूकजस्ता डाटा सेण्टरहरू नवीकरणीय ऊर्जामा सञ्चालन हुने तयारीमा रहेका छन् । यो खुशीको कुरा हो । तर, यस्तो नियम सबै डाटा सेण्टरले अपनाऊन् भन्नका लागि नीतिनियम बलियो पार्न आवश्यक रहेकोमा बेल्किरले जोड दिएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)