ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानी आपूर्तिको नौलो प्रणाली

Dec 10, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अहिले मोबाइल प्रविधिको प्रयोगकर्ताहरुबीच शीघ्र सम्पर्क स्थापित गर्न वा मनोरञ्जन लिनमात्र प्रयोग नभएको केही उद्यमीहरुले प्रमाणित गरिरहेका छन् । ग्रुण्डफोस लाइफलिङ्क कम्पनीका स्पेन्सर ओइचेङ महाप्रबन्धक हुन् । उनले पानीको अत्यधिक अभाव खेपिरहेका केन्याका विकट ग्रामीण क्षेत्रका बासिन्दालाई मोबाइलको प्रयोगबाट खानेपानी आपूर्ति गर्ने व्यवसाय गरिरहेका छन् । ‘यसका लागि सबैभन्दा पहिले मोबाइल फोनको राम्रो सिग्नल चाहिन्छ, त्यसपछि पानी आपूर्ति सञ्जालको सुविधा लिएकाहरुले आफ्नो मोबाइलबाट एउटा ‘टेक्ष्ट’ सन्देश अथवा एसएमएसमात्र पठाउनुपर्छ,’ उनले भने ।

लाइफलिङ्क नाम दिइएको यो प्रणाली पनि तुलनात्मक रुपमा सामान्य नै छ । यसका लागी पानीको भूमिगत स्रोत भएका ठाउँमा सौर्य ऊर्जाबाट चल्ने वाटरपम्पको प्रयोगले सतहभन्दा निकै तल साढे २ सय मिटर मुनिबाट पानी तानेर सतहमाथि बनाइएका ट्याङ्कीहरुमा जम्मा गरिन्छ । भूमिगत पानीमा हुन सक्ने अशुद्धीलाई हटाइ पिउनयोग्य बनाइन्छ । त्यसपछि ग्राहकको मागअनुसार पानी वितरण गरिन्छ । कम्पनीले यो सञ्जालमा आबद्ध भई पानी आपूर्ति सेवा प्राप्त गर्न प्रि–पेड मनी ट्रान्सफरमार्फत शुल्क लिने गर्दछ । पानी आवश्यक भएकाले सर्वप्रथम केन्यामा हाल निकै प्रचलित ‘एम–पेसा’ मनी ट्रान्सफर सेवामा रहेको आफ्नो खातामा रकम जम्मा गर्नुपर्ने नियम बनाइएको छ । त्यसो गरिसकेपछि उनीहरुले मोबाइलबाटै लाइफलिङ्कले प्रदान गरेको एक कोडको प्रयोग गर्दै कम्पनीको खातामा उक्त रकम स्थानान्तरण गरिएको सन्देश पठाउने गर्छन् । कम्पनीले रकम पाएको जनाउ दिएपछि उनीहरुले आफ्ना घरका धाराबाट २० लिटर शुद्ध पिउनेपानी पाउँछन् ।

यस प्रविधिबाट सुरक्षित खानेपानीबाट वञ्चित झण्डै १ करोड ३० लाख केन्यालीको मात्र नभई विश्वमा सफा पानीबाट वञ्चित १ अर्ब मानिसको भलो हुने देखिन्छ । स्पेन्सर ओइचेङका अनुसार यस प्रणालीलाई अझ उन्नत बनाउँदै आगामी वर्षको अन्त्यसम्म सस्तो प्रविधि विकास गर्न कम्पनी सक्रिय छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)