जलवायु परिवर्तनबाट सबैभन्दा बढी महिला प्रभावित हुने एक नयाँ अध्यनयले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार, जलवायु परिवर्तनबाट विस्थापित हुनेमा ८० प्रतिशत महिला हुन्छन् ।
महिलाहरु खाद्यान्न र इन्धनको प्रमुख आपूर्तीकर्ता भएका कारण पनि बाढी र खडेरी जस्ता प्रकोपका समयमा उनीहरुको अवस्था थप दयनीय बन्ने अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबाट महिलाहरु अत्यधिक प्रभावित बन्ने देखेरै सन् २०१५ मा भएको जलवायु सम्झौतामा महिला सशक्तिकरणलाई बढी प्राथमिकतामा राखिएको छ ।
प्रकोपका कारण नजिकका पानीका स्रोतहरु सुक्दै जान्छन् । टाढा टाढाबाट पानी खोजेरे ल्याउनु महिलाकै जिम्मेवारी रहन्छ । त्यस्तै सुख्खा मौसममा पुरुषहरु महिलालाई एक्लै घरमा छोडेर कामको खोजीमा शहरतिर लाग्छन् । यस्तोमा परिवार र समुदायको हेरचाह गर्ने जिम्मा पनि उनीहरुकै हुन्छ । ग्रामिण क्षेत्रका महिला मात्र प्रभावित बन्दैनन् ।
विश्वमा गरीबीको रेखामुनि सबैभन्दा बाँच्ने पनि महिलाहरु नै बढी हुन्छन् र पुरुषको तुलनामा महिलाको सामाजिक आर्थिक क्षमता पनि कम हुन्छ । प्राकृतिक प्रकोपहरुले पूर्वाधार, जागिर र घरहरुमा क्षति पु¥याउने हुँदा प्रकोपबाट बाहिरिन झन् कठिन हुन्छ ।
सन् २००५ मा अमेरिकामा आएको कट्रिना नामक आँधीपछि आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा अफ्रिकी अमेरिकी महिला नै थिए । त्यस्तै शहरमा रहेका आधाभन्दा बढी गरीब परिवार एकल महिलाको नेतृत्वमा चलेको पाइएको थियो । त्यति मात्र नभई प्रकोपपछि जस्तोसुकै स्थानमा पनि बस्नु पर्ने र महिला तथा बालबालिका उच्च जोखिममा पर्ने अध्ययनले देखाएको छ । ती शिविरहरुमा महिलाका लागि आवश्यक सामानजस्तै स्यानिटरी प्याडको अभाव हुने र यसमा महिला हिंसाको सम्भावना पनि बढाउने बताइएको छ ।
प्रकोपले सबैलाई समान तरिकाले प्रभावित नपार्ने अध्ययनले देखाएको छ । त्यति मात्र नभई जलवायु सम्बन्धी योजनामा निर्णय लिने कुरामा पनि महिलाको सहभागिता निकै कम रहेको पाइएको छ । त्यस्तै महिला सानो उमेरमै मारिने सम्भावना पनि बढी रहेका कारण उनीहरुको जिवन प्रत्याशा (लाइफ एक्सपेक्टेन्सी) पुरुषको तुलनामा धेरै नै घटेको बताइन्छ । एजेन्सी