ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटघाटा कम गर्न धामीझाँक्रीमाथि कर

Dec 11, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आर्थिक सङ्कटमा फस्दै गएको दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्डमा बजेटघाटा कम गर्न एक अनौठो प्रस्ताव अगाडि सारिएको छ । अफ्रिकाको अन्तिम राजतन्त्रात्मक मुलुकका रुपमा पनि चिनिएको स्वाजील्याण्डको संसद्मा एक सांसदले पेश गरेको प्रस्तावअनुसार धामीझाँक्रीसँग सरकारले लिने करको दर बढाइनुपर्छ । स्वाजील्याण्डमा धामीझाँक्रीले परम्परागत रुपमा नै कर तिर्दै आएका छन् । स्वाजी भाषामा ‘सान्गोमास’ भनिने ती धामीझाँक्रीले सरकारलाई १० इमाललगेनी (त्यहाँको स्थानीय मुद्रा) अथवा १ डलर १५ सेण्ट लाइसेन्स शुल्कबापत बुझाउँदै आएका छन् । तर, सांसद माजाहोद्भा खुमालोले भने उनीहरुले ग्राहकसँग लिने शुल्क पछिल्ला केही वर्षमा चार गुणाले बढे पनि त्यसअनुसारको कर नतिरेको आरोप लगाउँदै यस्तो प्रस्ताव ल्याएका हुन् । ‘बहुसङ्ख्यक स्वाजी जनता रोग निको पार्न र औषधि उपचार गर्न धामीझाँक्रीसँग परामर्श र सेवा लिने गर्छन्, तर उनीहरुले सेवाबापत तिरेको शुल्कबाट राम्रो आम्दानी कमाउनेहरुले भने राज्यलाई कर तिर्दै तिर्दैनन् अथवा निकै थोरैमात्र तिर्छन् । यदि उनीहरुलाई करको दायरामा ल्याउन सकिए सरकारको आम्दानी बढ्ने उनको दाबी थियो ।

सन् २०१० मा स्वाजील्याण्डको बजेटघाटा देशको वार्षिक उत्पादकत्वको तुलनामा १५ प्रतिशतले बढेपछि त्यहाँ आर्थिक समस्याहरु शुरु भएका थिए । सरकारको आयस्रोत घट्दै गएपछि त्यहाँका निजामती कर्मचारीलाई पनि तलब खुवाउन हम्मेहम्मे परिरहेको छ । स्वाजी सरकारले अन्तरराष्ट्रिय वित्तीय उद्धारको माग गरे पनि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भने एक दर्जन पत्नी र अनुमानित २० करोड डलरको व्यक्तिगत सम्पत्ति भएका त्यहाँका राजा मस्वाती तृतीयले असहयोग गरेको कारण दर्शाउँदै तत्कालका लागि वित्तीय उद्धार नगर्ने बताएको थियो । मस्वातीले राजपरिवार र सैन्य खर्चमा कटौती गर्न अस्वीकार गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)