ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समाजवाद र पूँजीवाद खोज्न शब्दकोषतर्फ दौडिए अमेरिकीहरु

Dec 12, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सन् २००८ को वालस्ट्रीट सङ्कटपछि छाएको आर्थिक मन्दी भोगिरहेका अमेरिकीहरुले नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनताका समाजवाद र पूँजीवादजस्ता दुई शब्दावलीको शब्दकोषमा सबैभन्दा धेरै खोजी गरेको पत्ता लागेको छ । अमेरिकी अङ्ग्रेजीको आधिकारिक शब्दकोष मानिने मेर्रियाम–वेबष्टर शब्दकोषको अनलाइन संस्करणमा अमेरिकीहरुले ‘समाजवाद’ शब्दको अर्थ सबैभन्दा धेरै खोजेका थिए । त्यसपछि उनीहरुले ‘पूँजीवाद’ शब्दको अर्थ पनि निकै खोजी गरेको बताइएको छ । विशेषगरी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यसेवासम्बन्धी विधेयक, सत्तारुढ डेमोक्र्याटिक पार्टी र प्रतिपक्षी रिपब्लिकन पार्टीका सम्मेलन एवम् ओबामा र उनलाई चुनौती दिएका मिट रोम्नीबीचको प्रत्यक्ष टेलिभिजन बहसताका यी शब्दका अर्थको खोजीनीति उचाइमा पुगेको मेर्रियाम–वेबष्टर शब्दकोषले जानकारी दिएको छ ।

त्यसैगरी नोभेम्बर ६ तारिखमा भएको निर्वाचनताका समाजवाद अनलाइन शब्दकोषहरुमा सर्वाधिक खोजी गरिएको शब्द बन्न पुगेको वेबष्टर शब्दकोषका सम्पादक पिटर सोकोलोवस्कीले जानकारी दिए । ‘समाजवाद शब्दको अर्थ जान्न चाहनेहरुको सङ्ख्या ह्वात्तै बढे पनि पूँजीवाद शब्दबारे पनि अमेरिकीहरुको चासो वर्षैभरि रहेको पाइएको छ,’ उनले भने । अनलाइन शब्दकोषमा एउटा शब्दको अर्थ खोजिँदा विपरीतार्थी शब्द पनि दिइने भएकाले यस्तो भएको पिटरको कथन थियो ।

मेर्रियाम–वेबष्टर शब्दकोषले समाजवादलाई ‘सामानहरुको उत्पादन, व्यवस्थापन र वितरणका लागि सामूहिक अथवा सरकारी स्वामित्वलाई प्रमुख आधार बनाउने आर्थिक तथा राजनीतिक सिद्धान्त’ भनेर परिभाषित गरेको छ । त्यस्तै ‘निजी अथवा कर्पोरेट स्वामित्वमा चल्ने र स्वतन्त्र बजार एवम् प्रतिस्पर्धाले नै उत्पादन, मूल्य एवम् वितरणलाई निर्धारण गर्ने आर्थिक प्रणाली’लाई पूँजीवाद भनी शब्दकोषमा उल्लेख छ । यी दुई शब्दका अतिरिक्त शब्दकोषमा यो वर्ष अमेरिकी अङ्ग्रेजीमा प्रचलित ‘टच’, बिगोट, डेमोक्र्यासी, प्रोफेसनालिजम, ग्लोबलाइजेशन, मालार्के र मेमे शब्दका अर्थ पनि धेरै खोजी गरिएको बताइएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)