ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिव्यक्ति आय ७ नम्बर प्रदेशमा सबैभन्दा कम

Mar 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । २०६८ सालको जनगणनाअनुसार प्रदेश नम्बर ७ का ९ जिल्लाको जनसङ्ख्या २५ लाख ५२ हजार ५ सय १७ रहेको छ । जनसङ्ख्याअनुसार वार्षिक प्रतिव्यक्ति आय सबैभन्दा कम ७ नम्बर प्रदेशमा देखिएको नेपाल राष्ट्र बैङ्कले हालै धनगढीमा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । भौगोलिक विकटता, अशिक्षा, गरीबी, पछौटेपन, उद्योग, कलकारखानाको पर्याप्त विकास नहुनु, बेरोजगारी बढ्दै जानुलगायत कारण प्रतिव्यक्ति वार्षिक आम्दानीमा ७ नं. प्रदेश सबै प्रदेशभन्दा पछाडि देखिन पुगेको हो । नेपाल राष्ट्र बैङ्क केन्द्रीय अनुसन्धान विभागका निर्देशक डा. गुणाकर भट्टले दिएको जानकारीअनुसार नेपालका सातओटै प्रदेशमा गरी ग्रामीण भेगमा बसोवास गर्ने ४५ लाख २३ हजार ८ सय २० कुल जनसङ्ख्यामा प्रतिव्यक्ति वार्षिक आयको भाग २ हजार २ सय ४८ तथा शहरी क्षेत्रमा बसोवास गर्ने २ करोड १९ लाख ७० हजार ६ सय ८४ कुल जनसङ्ख्यामा प्रतिव्यक्ति वार्षिक आयको भाग ९ सय ३६ डलर रहेकोमा ७ नम्बर प्रदेशको कुल जनसङ्ख्याको आधारमा प्रतिव्यक्ति वार्षिक आय भाग ७ सय ६७ डलर रहेको छ । नेपालको कुल जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक आयको भाग १ हजार १ सय ६० रहेको तथ्याङ्क राष्ट्र बैङ्कको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)