ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन अभियान

Mar 16, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
नेपाली युवा उद्यमी मञ्चको आयोजना तथा राइजिङ नेपाल प्रालि र माइस इण्टरनेशनल प्रालिको व्यवस्थापनमा शुक्रवारदेखि ३ दिनसम्म भृकुटीमण्डपमा ‘मेड इन नेपाल’ वस्तु तथा सेवा प्रदर्शनी हुँदै छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने मूल नाराका साथ छैटौं संस्करणको रूपमा आयोजना हुने एक्स्पोमा करीब १ सयओटा स्वदेशी उद्योग तथा उत्पादकको सहभागिता रहने र ५० लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएका छन् । स्वदेशमा उत्पादित नेपाली सामग्री तथा सेवाको प्रवद्र्धन गर्नु एक्स्पोको उद्देश्य रहेको आयोजकको भनाइ छ । एक्स्पोले आफ्नै देशमा उत्पादित गुणस्तरीय सामान तथा सेवाहरूको प्रयोग गर्न उत्पे्ररित गर्ने आयोजकको दाबी छ । यस प्रकारका कार्यक्रममार्फत मञ्चले आगामी दिनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवालाई विस्तार गर्न पहल गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ । यसबाट अन्तरराष्ट्रिय बजारमा नेपाली सामानको निर्यात बढाउन सहयोग पुग्ने उनीहरूको धारणा छ । मेड इन नेपालका अध्यक्ष तथा नेपाली युवा उद्यमी मञ्चका सदस्य सुदर्शन बस्नेतले मेड इन नेपाल प्रदर्शनी मात्र नभएर एउटा राष्ट्रिय अभियान भएको बताए । नेपालले अधिकांश वस्तु आयात गरिरहेको पृष्ठभूमिमा सानाठूला धेरै वस्तु उत्पादन हुन्छन् भनेर आमउपभोक्ता तथा सम्बन्धित निकायलाई जानकारी दिनु प्रदर्शनीको उद्देश्य रहेको बताए । सरकारी निकाय नै नियमावली मान्दैनन् नेपाली वस्तुको प्रवर्द्धन गर्न सरकार आफैं बाधक देखिएको व्यवसायीको गुनासो छ । त्यसैले सावर्जनिक खरीद ऐन संशोधन गर्नुपर्ने बस्नेतले बताए । उनले भने, ‘नेपाल सरकार नै प्रमुख खरीदकर्ता हो, त्यसैले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न अहिले भएका कानूनी जटिलता हटाउन जरुरी छ । ‘बस्नेतले सार्वजनिक खरीद नियमावलीमा विदेशी सामानको तुलनामा नेपाली सामान १५ प्रतिशत महँगो भए पनि नेपाली सामान खरीद गर्ने प्रावधान भए पनि सरकारी निकाय नै ऐनमा त्यो व्यवस्था नभएको भन्दै पन्छिने गरेको बताए । सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद ३ को धारा १७ मा ‘नेपालमा उत्पादित मालसामान खरीद गर्नुपर्ने, सार्वजनिक निकायले यस नियमावलीमा उल्लिखित कुनै विधि छनोट गरी खरीद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली मालसामान नै खरीद गर्नु पर्नेछ’ भन्ने प्रावधान छ । तर, सरकारी कार्यालय नै यस नियमावलीविपरीत सरकारी कार्यालयमा सामान खरीद गर्दा विदेशी सामान खरीद गर्ने गर्छन् । नेपाली युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष अजय श्रेष्ठले नेपालीले आफ्नै देशको आर्थिक विकासका लागि आफ्नै देशका सामान र सेवालाई प्रयोग गर्ने र अन्तरराष्ट्रिय स्तरमा यसको यसको पहिचान स्थापित गर्न सके देशको आर्थिक अवस्थामा सुधार गर्न सहयोग पुग्ने बताए । स्वदेशी उद्योगको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले नै तदारुकता लिनुपर्ने बताए । अहिले नेपाली उत्पादनप्रति नेपालीको समेत आकर्षण बढ्दै गएको आयोजकको धारणा छ । पहिले नेपाली उत्पादन भन्नासाथ नाक खुम्च्याउने नेपाली उपभोक्ता अहिले नेपाली उत्पादन प्रयोगमा गर्व गर्ने गरेको उनीहरूको अनुभव छ । यस्तै, पछिल्लो क्रममा नेपाली उत्पादनहरूमा गुणस्तरसमेत मेड इन नेपाल अभियानका अभियन्ताहरूको छ । गुणस्तर कायम नगरी स्वदेशी मात्र किन्नुपर्छ भनेर मात्र उपभोक्ता आकर्षण गर्न नसकिने हुनाले अहिले नेपाली उत्पादकले गुणस्तरमा समेत ध्यान दिएको उनीहरूको धारणा छ । इभेण्ट म्यानेजमेण्टका लागि विद्यार्थी परिचालन कार्यक्रममा माइस इण्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक दीपक थापाले प्रदर्शनीमा वस्तु उत्पादक तथा सेवा प्रदायक उद्योगहरूको सहभागिता रहने जानकारी दिँदै मेलालाई व्यवस्थित बनाउन विभिन्न विद्यालयमा इभेण्ट म्यानेजमेण्ट अध्ययन गरेका विद्यार्थीलाई परिचालन गरिने बताए । इभेण्ट व्यवस्थापन गर्न विभिन्न कलेजमा इभेण्ट म्यानेजमेण्ट अध्ययन गरिरहेका ४० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहने उनले जानकारी दिए । विद्यार्थीको सहभागिताले उनीहरूलाई इभेण्ट म्यानेजमेण्टका सबै प्रक्रियाबारे व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्नुका साथै अध्ययनपछि यसै क्षेत्रमा स्वरोजगार हुने अवस्था सृजना हुने बताए । प्रदर्शनीमा नेपालमा उत्पादित नयाँ उद्योगको उत्पादनको लञ्च गरिनुका साथै पुस्तान्तरण हुँदै चल्दै आएका पुराना उद्योग तथा नेपाली उत्पादनका विविध पक्षबारे अन्तरक्रिया तथा कार्यशाला आयोजना गरिने थापाले जानकारी दिए । प्रदर्शनीमा ठूला, मझौला तथा साना उद्योगबाट उत्पादित विभिन्न स्वदेशी उत्पादन तथा अस्पताल होटललगायत सेवा उद्योगहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । आयोजकले आउने दिनमा गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा विदेशमा समेत यस्ता प्रदर्शनी आयोजनाका लागि पहल भइरहेको जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)