ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब सोसल मिडियामा उच्च शिक्षा

Dec 13, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

परम्परागत विषयहरुको पढाइदेखि दिक्क भएका विद्यार्थी र नयाँ विषय पढाउन खोजिरहेका शिक्षकलाई यौटा खुशीको खबर ! अब तपार्इंहरुले आफू दिनमा घण्टौंसम्म मस्त रहने फेसबूक, ट्विटर, लिङ्क्डइन, फोरस्क्वाएर र टम्बलरजस्ता लोकप्रिय इण्टरनेट सामाजिक सञ्जालकै विषयमा पढ्न पाउनु हुनेछ । अमेरिकाको साउथ क्यारोलिना राज्यको न्यूबेरी शहरस्थित ‘न्यूबेरी कलेज’ले नयाँ विषयका रुपमा सामाजिक सञ्जालको पढाइ आरम्भ गर्न लागेको छ । साउथ क्यारोलिनाको ‘वाच फक्स ५७’ नामक एक स्थानीय एफएम रेडियोले यसबारे प्रसारित गरेको एक समाचारअनुसार कलेजले यो विषयको अध्ययन सफलतापूर्वक पूरा गर्ने विद्यार्थीलाई ‘मल्टिडिस्पिनेरी डिग्री’को प्रमाणपत्र प्रदान गर्ने योजना बनाएको छ । इण्टरनेट सामाजिक सञ्जालमा शुरु गर्न लागिएको यो पढाइ विश्वमै सम्भवतः पहिलो भएको एफएमले बताएको छ ।

‘यो विषयको पाठ्यक्रम ग्राफिक डिजाइन, सञ्चार, व्यापार, बजार व्यवस्थापन, मनोविज्ञान र तथ्याङ्कशास्त्रलाई एकै ठाउँमा मिश्रण गरेर तयार गरिएको छ,’ न्यूबेरी कलेजका एशोसिएट प्राध्यापक तानीया सोसियाकले एफएमलाई जानकारी दिइन् । यो विषयको पठनपाठनले उद्यमी सोच भएका विद्यार्थीलाई थप सृजनात्मक बनाउने र उनीहरुलाई पढाइमा केन्द्रित गराउने सोसियाकको भनाइ थियो । इण्टरनेट सामाजिक सञ्जाल विषयको यो पढाइ सन् २०१३ को अगष्टदेखि शुरु हुने उनले बताइन् ।

यसको अध्ययनले विद्यार्थीलाई आफ्नो घरको कोठाबाटै सूचनाप्रविधि क्षेत्रका केही नामी हस्तीहरुले गरेझैं नयाँ उत्पादन विकास गर्न प्रेरित हुने उनको विश्वास गरिएको छ । सूचनाप्रविधि उद्योगलाई नयाँ परिभाषा दिने बिल गेट्स र मार्क जुकरवर्गले पनि हार्भर्ड विश्वविद्यालयको आफ्नो पढाइ बीचमै छाड्दै सानो कोठाबाटै व्यापार शुरु गरेका थिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)