ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निद्रा उडाउँदै प्रविधि !

Mar 18, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
प्रविधिका कारण भारतीयहरूको निद्रा गायब भएको एक सर्वेक्षणले देखाएको छ । प्रविधिका कारण उनीहरू राम्रोसँग सुत्न नपाएको डच प्रविधि कम्पनी फिलिप्सले गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुुसार ३२ प्रतिशत भारतीय वयस्कले प्रविधि नै आफ्नो निद्राको प्रमुख बाधक रहेको अभिव्यक्ति दिएका थिए । त्यस्तै, १९ प्रतिशतले सुत्ने समय र काम गर्ने समयमा भएको परिवर्तनका कारण निद्रा बिथोलिएको बताएका छन् । यसैक्रममा स्वस्थ रहन निद्राभन्दा पनि व्यायाम प्रमुख र महŒवपूर्ण कुरा रहेको ६६ प्रतिशत भारतीयले बताएका छन् । राम्रो निद्राका लागि ४५ प्रतिशत भारतीयले ध्यानलाई महŒव दिने गरेका छन् भने २४ प्रतिशतले चाहिँ निद्राका लागि राम्रो ओछ्यान सही विकल्पका रूपमा छान्ने गरेको सर्वेक्षणमा पाइएको छ । विश्वमा उचित निद्राको महŒवबारे जागरुकता बढे पनि भारतीयका लागि राम्रो निद्रा अझै प्राथमिक कुरा बन्न सकेको छैन । ‘भारतीयहरू प्रविधिलाई निद्राको प्रमुख बाधक मान्छन् र निद्राको सट्टा व्यायामलाई प्राथमिकता दिन्छन्,’ सर्वेक्षणमा भनिएको छ । अमेरिका, बेलायत, जर्मनी, पोल्याण्ड, फ्रान्स, भारत, चीनलगायत १३ ओटा राष्ट्रका १५ हजार जना वयस्कमा गरिएको अध्ययनअनुसार ७७ प्रतिशत वयस्कले आफ्नो निद्रामा सुधार ल्याउन चाहेका छन् । विश्वमा इन्सोम्नियाका कारण २६ प्रतिशत मानिस पीडित रहेको र २१ प्रतिशत उत्तरदाताले चाहिँ घुर्ने समस्याका कारण जागा बस्नुपरेको बताएका थिए । त्यस्तै, चिन्ता र तनावका कारण ५८ प्रतिशत र प्रविधिका कारण २६ प्रतिशतको निद्रा डिष्टर्ब बनेको बताएका थिए । अपुग निद्राले विश्वका वयस्कहरूमा थकान, तनाव, एकाग्रताको कमीजस्ता समस्या बढाएको पाइएको छ । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)