ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानीको दायरा बढाउँदै सीआईटी

Mar 18, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । मुद्दती निक्षेपमा केन्द्रित भएको नागरिक लगानी कोष (सीआईटी)ले लगानीको दायरा बढाउनमा जोड दिने भएको छ । हाल मुद्दती निक्षेपबाहेक नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सङ्गठित संस्थाको शेयर धितोपत्र, सहभागी सापटी तथा आवास कर्जालगायतमा लगानी गरेको यो कोषले दायरा फराकिलो बनाउन लागेको हो । लगानीको क्षेत्रलाई फराकिलो बनाउन कोषले भविष्यमा सरकारका ठूला विकास आयोजना तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने र शेयरको बजार निर्माताजस्ता कार्य गर्ने कोषका मुख्य व्यवस्थापक सुशीलकुमार अर्यालले जानकारी दिए । ‘ट्रष्टी संस्था भएकाले कोषले लगानी गर्दा बढी प्रतिफलभन्दा पनि जोखीम न्यूनिकरणलाई ध्यान दिएको छ । तुलनात्मक रूपमा अरुभन्दा हामीले सरकारी बचत पत्र, ऋणपत्र र मुद्दती निक्षेपमा जोड दिएका छौं,’ उनले भने, ‘लगानी गर्दा सरकारलाई आपत परेमा हामीले तत्परता देखाएका छौं । विगतमा नेपाल आयल निगमलाई तेल खरीदका लागि १३ अर्ब रुपैयाँ सापटी दिएका थियौं । कोषमा मुनाफा भएको रकम सञ्चित रहेको खण्डमा योजनाअनुसारका सहभागीहरूलाई बाँड्ने प्रावधान छ ।’ विभिन्न योजना तथा कार्यक्रमको सञ्चालनबाट कोषमा प्राप्त हुने दीर्घकालीन प्रकृतिको बचतलाई कोषको लगानी नीतिको परिधिभित्र रही पूर्वाधार निर्माण, जलविद्युत्को विकास तथा उत्पादनशील क्षेत्रमा लगानी गरी दीर्घकालीन पूँजी निर्माणका साथै उच्च प्रतिफल आर्जन गर्नेतर्फ कोष केन्द्रित रहेको उनको भनाइ छ । चालू आवको पुस मसान्तसम्ममा कोषको लगानी ९३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ पुगेको छ । योभन्दा अघिको सोही अवधिमा कोषले ८० अर्ब ३२ करोड ११ लाख रुपँयाँ रहेको थियो । कोषले यो अवधिमा नेपाल सरकारको क्रणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ भने समयकालीन कर्जामा ८ अर्ब ३८ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । शेयर खरीदमा कोषले ४ अर्ब ५ करोड ३९ लाख र सहभागी सापटी तथा आवास कर्जामा १७ अर्ब २८ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । चालू आवको ६ महीने अवधिमा कोषले विभिन्न बैङ्कको मुद्दती निक्षेपमा ६२ अर्ब २२ करोड रुपैयाँ लगानीको रूपमा निक्षेप जम्मा गरेको छ । चालू आवको ६ महीने अवधिमा कोषको नाफा १८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो नाफा १६ करोड १३ लाख रुपैयाँ रहेको थियो । यो रकम १२ दशमलव ८९ प्रतिशतले बढी हो । त्यसैगरी, आव २०७३÷७४ को असार मसान्तसम्मको वित्तीय विवरण तयार भई लेखा परीक्षण भइरहेको केन्द्रीय हिसाबतर्फको कुल आम्दानी ६० करोड ८ लाख ४८ हजार रुपैयाँ रहेको छ । आव ०७२/७३ को सोही अवधिमा यस्तो आम्दानी ४९ करोड ५४ लाख ३० हजार रुपैयाँ रहेको थियो । उक्त रकम २१ दशमलव २८ प्रतिशतले बढी हो । उक्त अवधिमा करअगाडिको खुद नाफा ४० करोड २७ लाख ५५ हजार रुपैयाँ रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ६७ लाख २८ हजार रुपैयाँ रहेको कोषको वित्तीय विवरणले देखाएको छ । आव २०७३/७४ मा कुल आम्दानी ६० करोड ८ लाख आम्दानी रहेकोमा गतवर्ष २०७२/७३ मा ३२ करोड ६७ लाख रहेको थियो भने आव ०७३/७४ मा ४० करोड २७ लाख रुपैयाँ आम्दानी रहेको थियो । कोषका अनुसार गतपुस मसान्तसम्ममा कोषको योजना तथा कार्यक्रममा ६ लाख ३१ हजारभन्दा बढी सहभागी छन् । कोषको सञ्चालनमा रहेका १० ओटा भिन्नभिन्न स्किमका सहभागीहरूमध्ये दैनिक १ हजार जनाले सेवा लिने गरेको कोषको भनाइ छ ।

सीआईटीको आज २८औं वार्षिकोत्सव नागरिक लगानी कोष (सीआईटी) ऐन, २०४७ अनुसार स्थापना भएको कोषले आइतवार २८औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवका अवसरमा कोषले राजधानीमा विविध कार्यक्रम आयोजना ग¥यो । कोषले वार्षिकोत्सवलाई लक्षित गरेर ब्याडमिण्टन, चेस, टेबलटेनिस, हाजिरीजवाफ, फन रेस, मार्बल स्पोन रेस र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले गरे । साथै, कार्यक्रमको शुरुआत कार्यकारी निर्देशक पोखरेल र मुख्य व्यवस्थापक सुशीलकुमार अर्यालले ब्याडमिण्टन खेलेर गरेका थिए । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिको माध्यमबाट लगानीका अवसरहरू बढाउन तथा पूँजी बजारको विकास गराउन कोष सञ्चालन भएको हो । नेपाल सरकार, सहकारी संस्थान तथा निजीक्षेत्रका सङ्घ÷संस्थालाई पनि सेवा प्रदान गरी अवकाश कोष सञ्चालनको क्षेत्रमा कोष अगाडि बढिरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)