ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वचालित सवारीका यात्रु बढी तनावमा !

Mar 21, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
स्वचालित गाडीमा यात्रा गर्ने यात्रुहरूले अन्य सवारीका यात्रुको तुलनामा बढी तनाव झेल्ने गरेको एक नयाँ अध्ययनले देखाएको छ । अरू नियमित कारमा यात्रा गर्ने यात्रुले भन्दा स्वचालित कारमा यात्रा गर्ने यात्रुहरूले बढी तनावको अनुभव गरेका जर्मनीस्थित केम्पटन युनिभर्सिटी अफ एप्लाइड साइन्सेजले गरेको अध्ययनले देखाएको हो । ‘मानिसले आफूले चढ्ने सवारीमाथि विश्वास गर्न सकून् भनी भोलिका दिनमा कारको डिजाइन कस्तो हुनुपर्छ भन्ने कुराको अध्ययन गर्न आवश्यक छ,’ अध्ययन प्रतिवेदनका लेखक बर्नहार्ड सिकले भने । स्वचालित कारको वर्तमानमा रहेको प्रविधि बौद्धिक छ भनेर धेरैले माने पनि यो अतिरिक्त तनावको कारक रहेको पाइएको छ । सिकले १८ देखि ६५ वर्ष उमेर समूहका ५० जना सहभागीमाथि गरेको अध्ययनबाट यो निष्कर्ष निकालेका थिए । आधुनिक लेन किपिङ प्रणालीको प्रयोग गरेर गाडी चलाउँदा उनीहरूलाई कस्तो अनुभव हुन्छ भन्ने कुराको अध्ययन गरिएको थियो । चालकहरूको ध्यान भङ्ग हुँदा उनीहरू लेनबाट बाहिर नजाऊन् भनी त्यस्ता प्रणालीको डिजाइन गरिएको हुन्छ । ‘लेन किपिङ प्रणाली चालू हुनेबित्तिकै अनुसन्धान गरिएका सबै व्यक्तिको तनावको स्तर बढेको पाइयो,’ प्रयोगमा संलग्न मनोवैज्ञानिक कोरिना सेडलरले भनेकी छन् । तीव्र गतिको कारको सम्पूर्ण नियन्त्रण एउटा मेशिनलाई सुम्पिएपछि आउने एक प्रकारको डरजस्तो अनुभवले तनावको स्तर बढाएको सेडलरको भनाइ छ । लेन किपिङ प्रणाली भएको पूर्ण रूपमा स्वचालित सवारीले यात्रुलाई सुरक्षित अनुभव गराउन अझै केही समय कुर्नुपर्नेे अनुसन्धानले देखाएको छ । तत्कालका लागि स्वचालित सवारीमा भएको प्रविधि दुर्घटना रोक्नका लागि विकसित नभएको सिकले बताएका छन् । यद्यपि, सडकमा स्वचालित गाडीहरूको सङ्ख्या बढेपछि ट्राफिकका कारण हुने मृत्युमा भने केही कमी आउने अध्ययनले अनुमान गरेको छ । रासस/सिन्हवा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)