ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक राउण्ड गोल्फ खेल्नु सय किमी साइकल चलाउनुबराबर

Dec 17, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

शारीरिक ब्यायाम गर्दै स्वस्थ्य रहन प्रयासरत हुनुहुन्छ भने अब गोल्फ खेलतिर आफ्नो ध्यान मोड्नुहोस् । किनभने, सुस्त गतिमा खेलिने भलाद्मीहरुको ‘अल्छी’ खेल मानिँदै आएको गोल्फले शारीरिक ब्यायाम पनि राम्रै प्रदान गर्न सक्ने हालै गरिएको एक अध्ययनमा पाइएको छ । उक्त अध्ययनअनुसार एक चरणको गोल्फ खेल्दा खेलाडीले १ सय किलोमिटर साइकल चलाएबराबरको ब्यायाम हासिल गर्छ ।

‘ब्रिटिश मेडिकल जर्नल’को पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनको रिपोर्ट सन् १८९६ देखि १९३६ का ओलम्पिक्समा साइक्लिङ, रोविङ (डुङ्गा दौड स्पर्धा) र धावनलगायतका खेलमा सहभागी खेलाडीहरुको मृत्युदरमा आधारित रहेको बताइएको छ । ‘साइक्लिङ र रोविङजस्ता मुटुको धमनीलाई उच्च दबाब दिने खेल खेल्नेहरुको तुलनामा गोल्फ र क्रिकेट खेल्नेहरुको मृत्युदर कम रहेको पाइयो,’ रिपोर्टमा उल्लेख छ । विशेषगरी गोल्फ खेलका खेलाडीहरुको मुटुमाथिको दबाब थोरै हुने र तनाव पनि कम नै हुने गरेको पाइएको जानकारी रिपोर्टमा दिइएको छ ।

यसका साथै वर्षौंसम्म गरिने कडा ब्यायाम मानव शरीरका लागि प्रत्युत्पादक नै नभए पनि अनुत्पादक भने हुने सम्भावना देखिएको रिपोर्टमा बताइएको छ । कडा शारीरिक ब्यायामले उच्च फाइदा दिने अवधारणा धेरै अघि स्थापित भए पनि ब्यायाम गरिरहँदा कुनै बिन्दुमा पुगेर फाइदाहरु घट्न पुग्ने अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । ‘उच्च तनाव झेल्ने प्रकारका ब्यायाम लगातार गरिरहँदा मानव शरीरले सबै प्रकारका सूक्ष्म क्षतिको जोखिम उठाइरहेको हुन्छ, समयक्रममा ती क्षतिहरुले एकमुष्ठ रुप लिँदा असमयमै उमेर बढेको देखिनेजस्ता शारीरिक परिवर्तन हुने गर्दछ,’ अनुन्धानकर्ता टोलीलाई नेतृत्व गरेका नेदरल्याण्ड्सस्थित लिइडेन युनिभर्सिटी मेडिकल सेण्टरका प्राध्यापक फ्रोउक एञ्जेलरले भने ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)