ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यायपालिकामा आँच आउने कुनैपनि गतिविधि सह्य हुँदैनः राष्ट्रपति भण्डारी

Mar 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

चैत ९, नेपालगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र न्यायपालिकामा आँच आउने कुनै पनि गतिविधि सह्य नहुने बताएकी छिन् । नेपाल बार एशोसिएशनको नेपालगञ्जमा शुरु भएको १४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्टपति भण्डारीले सो कुरा बताएकी हुन् ।

आर्थिक समृद्धिका लागि सबै नेपाली अग्रसर हुन आवश्यक रहेको बताउँदै उनले आगामी भदौदेखि लागू हुने संहिताको कार्यान्वयनका लागि कानून व्यवसायीहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।

संविधान सभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सङ्घीयता कार्यान्वयनका लागि उल्लेख्य कानून बनाउन अझै बाँकी रहेको बताउँदै त्यसको मस्यौदा अझैसम्म नबनेकोमा चिन्ता व्यक्त गरे । साथै उनले युरोपियन युनियन (ईयू)ले हालै सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको वक्तव्यलाई अस्वीकार गरेको समेत बताएका छन् ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले सङ्घीयतामा आर्थिक समस्या उल्लेख्य रहेको बताउँदै त्यसलाई समाधान गर्नका लागि सात ओटै प्रदेशले होसियारी पूर्वक कार्य गर्नुपर्ने बताए ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सङ्घीयता कार्यान्वयनमा धेरै चुनौती रहेको बताउँदै सबै पक्ष यसमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्गानाले हाल प्रतिपक्षको भूमिका गौण रहेकाले सत्तापक्षले संविधानको दायरा उल्टाउन सक्नेमा ध्यान दिनु पनि आवश्यक रहेको बताए ।

३ दिनसम्म चल्ने सम्मेलन आइतवार घोषणापत्र जारी गरी समापन हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)