ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धेरै महिलाको चित्र कोर्दै बालबालिका !

Mar 23, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

बालबालिकाले चित्र कोर्दा पुरुषको तुलनामा महिला वैज्ञानिकको चित्र बढी कोर्ने गरेको एक नयाँ अध्ययनले देखाएको छ । सन् १९६० यता समाजशास्त्रीहरुले विभिन्न अध्ययनमा ‘ड्र अ साइण्टिष्ट’ परीक्षण सञ्चालन गरेका थिए ।

अमेरिकास्थित नर्थवेष्टर्न युनिभर्सिटिका अनुसन्धानकर्ताले पाँच दशकको यो परीक्षणको मूल्याङ्कन गरेर निश्कर्ष निकालेका हुन् । सन् १९६० र सन् १९७० को दशकताका विद्यार्थीलाई वैज्ञानिकको चित्र बनाउन लगाउँदा एक प्रतिशतभन्दा कम बालबालिकाले महिलाको चित्र कोर्थे । सन् १९८० देखि वर्तमान समयसम्म यो सङ्ख्या २८ प्रतिशतमा उक्लिएको अनुसन्धानकर्ता बताउँछन् ।

यद्यपि अझै पनि वैज्ञानिकको चित्र कोर्न लगाउँदा बालबालिकाले पुरुषकै चित्र बनाउने सम्भावना पनि उत्तिकै बढी छ । उमेर बढ्दै जाँदा बालबालिकाले विश्वलाई राम्ररी चिन्न र बुझन् सक्छन् र विज्ञान क्षेत्रमा पुरुषको वर्चस्वबारे पनि बढी सजग हुन थाल्ने अध्ययन प्रतिवेदनका सहलेखक प्राध्यापक एलिस इग्लीले भने । ‘अझै पनि बालबालिकाले महिलाभन्दा बढी पुरुष वैज्ञानिकको चित्र कोर्नुले उनीहरु हुर्किएको वातावरणलाई झल्काउँछ,’ अध्ययनका प्रमुख लेखक डेभिड मिलरले भने । विज्ञानका विभिन्न क्षेत्रमा महिलाको कम प्रतिनिधित्व रहँदै आएकोमा हामीले समान सङ्ख्याको अपेक्षा भने गर्नु नहुने उनको भनाइ छ । बालबालिकामा रहेको यो रुढिवादी सोच पनि समयसँगै परिवर्तन हुँदै जानेमा उनले जोड दिएका छन् ।

सन् १९६० देखि विज्ञानको क्षेत्रमा महिलाको प्रतिनिधित्वमा सुधार आइरहेको भएपनि औसत ५८ प्रतिशत युवती र ९६ प्रतिशत युवाले पुरुष वैज्ञानिकको चित्र कोर्ने गरेको अध्ययनमा पाइयो । यद्यपि सन् २०१३ सम्म अमेरिकामा रहेका वायोलोजिक वैज्ञानिकको ४९ प्रतिशत, रसायनशास्त्रीको ३५ प्रतिशत र भौतिकशास्त्री र एष्ट्रोनमर्सको ११ प्रतिशत हिस्सा महिलाले ओगटेको अध्ययनले प्रकाश पारेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)