ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ प्रतिशत घट्यो अन्तरबैङ्क कारोबार

Mar 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम कम हुँदै गएपछि बैङ्क तथा वित्तीय संस्थाबीच हुने अन्तरबैङ्क कारोबार पनि घटेको छ । गत आर्थिक वर्ष (आव)को पहिलो ७ महीनाको तुलनामा चालू आवको सोही अवधिमा त्यस्तो कारोबार २१ दशमलव ८४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको हो । गत आवको माघसम्म कुल १ खर्ब ४५ अर्ब रुपैयाँको अन्तरबैङ्क कारोबार गरेका बैङ्क तथा वित्तीय संस्थाले चालू आवको सोही अवधिमा रू. १ खर्ब १४ अर्ब हाराहारीमा मात्र त्यस्तो कारोबार गरेका छन् । यसले बैङ्किङ प्रणालीमा थप लगानी गर्न आवश्यक रकम पर्याप्त नभए पनि दैनिक कारोबारका लागि तरलता अभाव नभएको पुष्टि गरेको राष्ट्र बैङ्क स्रोतको भनाइ छ । यद्यपि बैङ्कहरूले भने बजारमा तरलता कम भइरहेको गुनासो गर्दै आइरहेका छन् । समीक्षा अवधिमा अन्तरबैङ्क कारोबार रकम घटे पनि त्यस्तो कारोबारको ब्याजदर भने बढेको छ । गत साउनमा शून्य दशमलव २९ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको भारित औसत अन्तरबैङ्क ब्याजदर माघमा ४ दशमलव ३१ प्रतिशत पुगेको छ । त्यसैगरी, साउनमा ३ दशमलव ५६ प्रतिशत रहेको अन्य बैङ्क तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैङ्क दर ५ दशमलव ३५ प्रतिशत पुगेको छ । विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त कम्पनीबीच हुने अन्तरबैङ्क कारोबारको ब्याजदर वाणिज्य बैङ्कहरूको भन्दा बढी हुने गरेको छ । बजारमा दैनिक कारोबारका लागि रकम अभाव हुँदा बैङ्क तथा वित्तीय संस्थाले बढी ब्याजदरमै भए पनि एकअर्काबाट सापट लिने गर्छन् । अन्तरबैङ्क कारोबारको ब्याजदरको अवस्थालाई विश्लेषण गर्दा ब्याजदरको वृद्धि मासिक रूपमा बढेअनुसार बैङ्किङ प्रणालीमा रकम अभाव हुन थालेको सङ्केत देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)