चैत ११, काठमाडौं । शेयर बजार निरन्तर ओरालोतर्फ लागेको लामो समय भएको छ । देशमा स्थायी सरकार नहुनु, तरलता अभाव (अझै कायम), हकप्रद, बोनस, आइपिओ एकै साथ आउनु जस्ता कारणले बजार घटेको विश्लेषकहरुले बताएका छन् ।
देशमा स्थायी सरकार पनि आयो तर पनि बजार बढ्न सकेको छैन । प्रधानमन्त्री केपि शर्मा ओलीको सरकार आएपछि बजार बढ्ने आशा लगानीकर्ताहरुले गरेका थिए । ‘रू. २१ खर्बको पूँजीबाट १५ खर्बमा आउनुमा लगानीकर्ताको मात्र पैसा डुब्नु होइन सरकारको पनि डुब्नु हो,’ लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बताए । ‘पूँजी बजारमा सरकारको ध्यानाकर्षण नभएको हो, सरकारले पूँँजीबजार सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नुपर्छ,’ उनले भने । बाम गठबन्धनका भूतपूर्व मन्त्री देव गुरुङका अनुसार सरकारले शेयर बजारमा चासो नगरेको होइन हाल पूँजीगत खर्च हुन नसक्नु र चालू खर्च बढ्दै गएपछि तरलता अभाव भएको हो ।
राष्ट्र बैङ्कले मार्जिङ कर्जामा ७० प्रतिशतबाट हटाएर ५० प्रतिशतमा ओरालेको छ सो पुनः संशोधन गरी ७० प्रतिशतमा नै कायम गनुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धि गर्न दिएको निर्देशन गलत भएको शेयर इण्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘यदि राष्ट्र बैङ्कले पूँजीको ठाँउमा जगेडा कोषको रकम बढाउन निर्देशन दिएको भए हाल तरलता अभाव र शेयर बजार ओरालो लाग्ने थिएन’ उनी भन्छन् । साथै, नेपाल धितोपत्र बोर्ड, नेप्से, बीमा समितिहरुले एकद्वार प्रणाली बनाउनुपर्ने उनको माग छ ।
हाल बजारमा शेयरको मागभन्दा पनि खरीद बढी भएको कारण पनि बजार उकाले लाग्न नसकेको नेप्सेका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउद बताउँछन् । उनले बैशाख १८ गतेभित्र अनलाइन ल्याउने प्रतिवद्धता गरे । लगानीकर्ताहरुले साउनबाटै अनलाइन कारोबार गर्न सक्ने बताए । सोही सम्बन्धमा लगानीकर्ताहरुले अनलाइन सम्बन्धी के कति काम भयो खुलाउन साउदलाई आग्रह गरेका थिए । उनले मार्केट मेकरमा नागरिक लगानी कोषलाई ल्याउने तयारीमा रहेको जानकारी दिए ।
शेयर बजारमा गृहिणी, विद्यार्थी, कर्मचारीलगाएतले विदेशमा कमाएको रकम समेत यस बजारमा लगानी भएको छ । ‘सधँै एकतर्फि बढेको बजार राम्रो हँुदैन, कहिले घट्ने र बढ्ने बजार मात्र दीर्घकालिन बजार हुन्छ’ विश्लेषकहरुले भनेका छन् । सधैँ बढेको बजारमा साना लगानीकर्ता आउने सम्भावना कम हुने गदर्छ । चैत महीनालाई शेयर बजारको लागि अफ सिजन पनि भन्ने गरिएको छ ।